4 years ago
March 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – झापाका प्रनिश सिंह ठकुरी र बिशाल बस्नेतको जोडी प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा क्वाटरफाईनल प्रवेश गरेका छन् ।
प्रतियोगिताको दोश्रो दिन एपिएफका भेट्रान खेलाडीद्वय ईन्द्र महता र अनिल कुमार लाखेको जोडीलाई १९–२१, २१–१६ र २१– ११ को सेटमा पराजित गर्दै प्रनिश र बिशालको जोडी क्वाटरमा स्थान बनाउन सफल भएका हुन् ।
साईनो स्पोर्टस् हलको आयोजना तथा तारेकेश्वर नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ स्पोर्टस् हवका गणेश ढुङ्गाना र अभिषेक गुरुङ्गको जोडी, चण्डोलका सनम खपाङ्गी र हिरा राईको जोडी, ईचंगुका रमेश श्रेष्ठ र साजन श्रेष्ठको जोडी, सिन्धुलीका दिपेन्द्र बस्नेत र रुपक थिंगको जोडी, सुर्खेतका नरेन्द्र बम र चण्डोका शिव थापाको जोडी, भुपु सैनिकका सहरोज अन्सारी र सुरज गुप्ताको जोडीले अन्तिम आठको यात्रा तय गरे ।
पुरुष युगल सी तर्फको खेलमा साईनोका संजय श्रेष्ठ र समिर थापा, टोखाका क्षितीज खनाल र अमन महर्जन, धादिङ्गका बिपिन घले र राम मल्ल ठकुरी, हरिसिद्धी ब्याडमिन्टन क्लबका पुस्पेन्द्र महर्जन र तुलसी राम महर्जन, दीपक ब्याडमिन्टन एकेडेमीका रुपाल बादे र राम आले मगर, गण्डकी ब्याडमिन्टन क्लबका सरद खड्का र रमेश ठकुरी, सूर्यदर्शनका बाबुराम अर्याल र हिरा रोका मगरको जोडीले अर्काे चरणको यात्रा तय गरे ।
यस्तै स्पोर्टस् हवका बिशम राई र दिलिप राई, किर्तिपुरका द्रिपेश बज्राचार्य र निखिल भट्ट, भुपु सैनिकका जीवन खत्री र प्रकाश कुँवर, नुवाकोटका चन्दन घले र सुरज लामा, गाकर्णेश्वरका लोक बहादुर लामा र गणेश श्रेष्ठ, साईनोका ओम लाल गुरुङ्ग र बुद्धिलाल नगरकोटी, टोखाका बुद्धि डङ्गोल र शोकराज डङ्गोल तथा सूर्यदर्शनका बिश्णु राना र टिका थापाको जोडी पनि आआफ्ना प्रतिद्वन्दिलाई पाखा लगाउँदै अर्को चरण प्रवेश गरेका छन् ।
पुरुष युगल बी तर्फ दीपक ब्याडमिन्टन एकेडेमीका रुपाल बादे र बिभेक शर्माको जोडी, टोखाका क्षितीज खनाल र अमन महर्जनको जोडी, गण्डकी ब्याडमिन्टन क्लबका तिलक छन्त्याल र हिरा राईको जोडी, भुपु सैनिकका सुरज गुप्ता र स्पोर्टस् हवका दिलिप राईको जोडी, भक्तपुरका नवराज सापकोटा र ईश्वर थापाको जोडीले अर्काे चरणको यात्रा तय गरे ।
यस्तै सिन्धुलीका दिपेन्द्र बस्नेत र रुपक थिङ्गको जोडी, चण्डोलका सनम खपाङ्गी र शिव मगरको जोडी तथा दीपक ब्याडमिन्टन एकेडेमीका राम आलेमगर र सूर्यदर्शनका अर्जुन तामाङ्गको जोडी पनि आआफ्नो प्रतिद्वन्दिलाई पन्छाउँदै अर्को चरणमा स्थान बनाउन सफल भए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।