4 years ago
March 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा मेयर–११ ले नेपाल एपिएफ क्लबलाई फाइनलमा पुग्न १ सय ७८ रनको मध्यम लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको मेयर–११ ४८.५ ओभरमा १ सय ७७ रनमा अल आउट भयो ।
मेयर–११ का युवा ब्याट्सम्यान सन्दीप रजालीले ८३ बलमा ५ चौका सहित सर्वाधिक ४८ रनको योगदान दिए । हरि शंकर शाहले ५७ बलमा २ चौका र २ छक्का सहित ३६ रन बनाए । अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् ।
अभिनाश बोहराले तेस्रो ओभरको पहिलो बलमा ओपनर विपिन रावललाई ४ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए । दशौं ओभरको चौथो बलमा खडक बोहरा १३ रनमा रन आउट हुन पुगे । बोहराले २७ बलमा १ चौका प्रहार गरे ।
तेस्रो विकेटका लागि सन्दीप रजाली र हरि शंकर शाहले ६५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर २८ औं ओभरको दोस्रो बलमा रजालीलाई कमलसिंह ऐरीले बोल्ड आउट गरेपछि मेयर–११ एकपछि अर्को विकेट गुमाउँदै समेटिएको हो ।
सौरभ खनाल र सिद्धान्त लोहनी ८–८ रनमा क्याच आउट भए । सन्दीप लामिछानेले ११, विक्रम भुषाल २०, नारायण जोशी ४ र अनिल खरेल २ रनमा आउट भए । अनुज चनारा ८ रनमा अविजित रहे । मेयर ११ ले १५ अतिरिक्त रन पाएको थियो ।
एपिएफका तीव्र गतिका बलर अभिनाश बोहराले ८.५ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरीले १० ओभरमा ३ मेडन सहित २५ रन खर्चेर ३ विकेट लिए । शरद भेषावकर, भुवन कार्की र वसन्त रेग्मीले १–१ विकेट लिए ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]