4 years ago
March 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रेस्लिङ संघको आयोजनामा सर्वाधिक नगद पुरस्कारको रेस्लिङ (आरडब्लु) च्याम्पियनशिप हुने भएको छ ।
पर्यटकिय नगरि पोखरा रंगशालाको कभर्डहलमा चैत्र २० गते देखि हुने दुईदिने प्रतियोगितामा नेपालका ३५ जना रेसलरले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता संयोजक राष्ट्रिय खेलकुद परिषद्की सदस्य सुवर्ण श्रेष्ठले च्याम्पियन रेस्लरले सर्वाधिक १ लाख नगद र आर्कषक बेल्ड तथा दोश्रोले नगद ५० हजार प्राप्त गर्ने बताईन् ।
सदस्य श्रेष्ठल यो हाल सम्मकै सर्वाधिक नगद पुरस्कार राशिको रहेको र यसले खेलाडीको मनोबल पनि उच्च बनाउन मद्दत गर्ने बताइन् । आरडब्लु च्याम्पियनशिप (रिङ रेस्लिङ) लाई लक्ष्य गरेर खेलाडीहरु पनि लैनचौर हनुमान चोकस्थित रिङ रेस्लिङ डोजोमा तालिम गरिरहेका छन् ।
आरडब्लु च्याम्पियनशिपमा नुवाकोटे टाईगर, डेविड, युव, चटटन, दिलसा, डेनिका, पल, थागुलगायतको २० जना खेलाडी रिङ रेस्लिङ डोजोमा हाल प्रशिक्षणमा जुटेका छन् । प्रतियोगिताको निर्णायकको भूमिकामा मुख्य निर्णायक प्रदिप पाण्डे सहायक निर्णायकहरु शिसम मनी र विकास श्रेष्ठलगायत रहने छन् ।
November 28, 2024
एजेन्सी – कमरान गुलामको शतकको सहयोगमा पाकिस्तानले तेस्रो ओडिआईमा घरेलु टोली जिम्बाब्वे हराउँदै सिरिज २-१ ले जितेको छ । बिहीवार तेस्रो ओडिआई खेल ९९ रनले जित्दै ३ खेलको ओडिआई सिरिज पाकिस्तानले जितेको छ । पहिलो खेल जिम्बाब्वेले जितेकोमा दोस्रो र तेस्रो खेलमा जित हात पार्दै पाकिस्तानले सिरिज जितेको हो । पाकिस्तानले दिएको ३ सय ४ […]
November 28, 2024
काठमाडौं(हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले सहयोगमा पुननिर्माण हुन लागेको सानो गौचरन मैदानको शिलान्यास भएको छ । महानगरपालीकाकी उपप्रमुख सुनिता डंगोलले बिहीवार मैदान पुनर्निर्माणको शिलान्यास गरिन् । शिलान्याससँगै मैदान पुनर्निर्माणको काम आजबाट सुरु भएको छ । शुभ कन्स्ट्रक्सनले पुर्निर्माणको १८ करोड ८६ लाख ७४ हजार ८ सय २७ रुपैयाँमा जिम्मेवारी पाएको छ । महानगरपालिकाका उपप्रमुख सुनिता […]
November 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल आइपुगेका छन् । मंगलवार आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा हायत काठमाडौं आईपुगेको कर्णालीले जनाएको छ । मंगलवार काठमाडौं आईपुगेका हायतलाई कर्णालीका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए। ३२ […]