4 years ago
March 9, 2021
नेपालगन्ज (हाम्रो खेलकुद) – दुई विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज (मंगलबार) भिड्दैछन् ।
सोमबार नेपालगन्जस्थित रंगशाला परिसरमा रहेको कभर्डहलमा भएको आ–आफ्नो खेलमा सफलता हात पारेपछि यि दुई टोलीबीच उपाधि भिडन्त तय भएको हो । जारी प्रतियोगितामा पुलिस र एपिएफ अपराजित छ । पुलिस र एपिएफबीचको खेल दिउँसो २ बजेपछि हुनेछ ।
यस खेलमा सोझो सेटमा जित हात पार्ने टोली च्याम्पियन बन्नेछ । एपिएफले ३–२ को सेटमा जित निकालेमा अंकको आधारमा च्याम्पियन बन्नेछ । पुलिसले ३–२ को सेटमा जित निकालेको अवस्थामा अंक १० बराबरी हुनेछ । जितको आधारमा पुलिस च्याम्पियन बन्नेछ ।
अपराजित रहेको एपएिफको ९ तथा साविक विजेता समेत रहेको पुलिसको ८ अंक छ । पुलिसले डायमन्डसँग १ अंक गुमाएको थियो ।
पछिल्लो दुई उपाधि पुलिसले जित्दा दुवैमा एपिएफलाई पराजित गरेको थियो । गतवर्ष प्रधानमन्त्री कपकै फाइनलमा हराएको पुलिसले कोभिडपछि यसै महिना पोखरामा आयोजना भएको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल पनि जितेको थियो ।
त्यसअघि दिउँसो १ बजे होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले आफ्नो अन्तिम खेलमा स्थानिय टोली लुम्बिनी युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा ३ खेलबाट ४ अंक जोडेको डायमन्ड तेस्रो भइकेको छ । आर्मी चौथो तथा अंकविहीन लुम्बिनी पुछारमा छ ।
सोमबार लिगको तेस्रो खेलमा एपिएफले पहिलो सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै न्यु डायमन्डमाथि ३–१ को सेटमा जित निकालेको थियो । अर्काे खेलमा पुलिसले पनि आर्मीसँग पहिलो सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि सम्भावना जीवितै राखेको थियो ।
बाँके जिल्ला भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा तीन विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लब र स्थानिय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता रहेको छ ।
लिगको विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीले २ लाख, तेस्रोले १ लाख र चौथो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]