4 years ago
March 8, 2021
नेपालगन्ज (हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले सातौ संस्करणको प्रधानमन्त्री कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको तेस्रो खेलमा आज (सोमबार) विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ ।
बाँके जिल्ला भलिबल संघको आयोजनामा जारी प्रतियोगिताको उक्त खेल नेपालगन्जस्थित रंगशाला परिसरमा रहेको कभर्डहलमा दिउँसो ३ बजेपछि हुनेछ । अपराजित रहेको पुलिस आर्मीलाई हराउदै उपाधि सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ ।
पुलिसको दुई खेलबाट ५ अंक छ । पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको पुलिससँग कप्तान कोपिला उप्रेती, उषा भण्डारी, कामना विष्ट, कमला पुन, कोपिला राना, शान्तिकला तामाङ, मनिषा चौधरी, तिला चौधरी र पुष्पा चौधरीको साथ रहेको छ ।
यता, आर्मी पनि पुलिसलाई स्तब्ध पार्न लक्ष्यमा कोर्टमा उत्रनेछ । आर्मीको ३ खेलबाट ३ अंक छ । आर्मीसँग कप्तान कृपा अधिकारी, साफिया पुन, सुनिता खड्का, शान्ति थारु, संगम महतो, सरस्वती खतिवडा, जानकी भण्डारी र सृष्टि खड्गीको साथ रहेको छ ।
यि दुई टोलीले पछिल्लोपटक पोखरामा १ फागुनमा सम्पन्न टाइगर कप आमन्त्रण भलिबल प्रतियोगिताको लिग चरणमा प्रतिस्पर्धा गरेका थिए । जसमा पुलिस ३–१ को सेटमा विजयी भएको थियो । पुलिस सोही जितलाई निरन्तरता दिने दाउमा रहँदा आर्मी उक्त हारको बदला लिने लक्ष्यमा हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]