4 years ago
March 8, 2021
नेपालगन्ज (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप महिला राष्ट्रिय भलिबल प्रतियोगितामा आज दुई महत्वपुर्ण खेल हुदैछ ।
पहिलो खेलमा होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय नेपाल एपिएफ क्लब तथा दोस्रो खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेलहरु नेपालगन्जस्थित रंगशाला परिसरमा रहेको कभर्डहलमा दिउँसो १ र ३ बजे हुनेछ ।
डायमन्ड एपिएफलाई हराउदै उपाधि सम्भावनालाई जीवितै राख्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा पुलिससँग् ३–२ को सेटमा पराजित भएको डायमन्डले दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि सम्भावनालाई जीवितै राखेको थियो ।
डायमन्डको दुई खेलबाट ४ अंक छ । टोलीसँग प्रतिभा माली, अरुणा शाही, कप्तान ललितानाथ, सलिना श्रेष्ठ, झरना श्रेष्ठ, बालमिका आचार्य, रिया कुँवर, प्रतिक्षा गुरुङ, पनामिका राई, एन्जिला प्रधान, प्रगतिनाथ र रिमा कुँवरको साथ रहेको छ ।
यता, प्रतियोगितामा अपराजित रहेको एपिएफलाई डायमन्डलाई हराउदै उपाधि यात्रालाई थप बलियो बनाउने लक्ष्यमा हुनेछ । एपिएफले आर्मी र लुम्बिनी युनाइटेडलाई पराजित गरेको थियो ।
टोलीसँग सरस्वती चौधरी, रेश्मा भण्डारी, निरुता ठगुन्ना, उषा विष्ट, हिरा केसी, कप्तान बिनिता बुढाथोकी, नेविका चौधरी, मनिषा तामाङ, कविता भट्ट, यमुना रसाइली, पुजा चौधरी र शशी चौधरीको साथ रहेको छ ।
यि दुई टोलीले पछिल्लोपटका पोखरामा १ फागुनमा सम्पन्न टायगर कप आमन्त्रण भलिबल प्रतियोगिताको लिग चरणमा प्रतिस्पर्धा गरेका थिए । जसमा एपिएफ ३–० को सोझो सेटमा विजयी भएको थियो । एपिएफ सोही जितलाई निरन्तरता दिने दाउमा रहँदा डायमन्ड उक्त हारको बदला लिने लक्ष्यमा हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]