4 years ago
March 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पुर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्याडमिन्टन खेलाडी संजीव खड्का मलेसियाको ब्याडमिन्टन खेल सामाग्री उत्पादन संस्था फेलेटको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् ।
कैलाली जिल्लाको धनगढीमा जन्मिएका खेलाडी संजीव अध्यनको सिलसिलामा अष्ट्रेलियामा रहेका छन् । खड्का बिगत २ बर्ष देखि साउथर्न तास्मानियन ब्याडमिन्टन संघ अष्ट्रेलियामा प्रशिक्षकको रुपमा कार्यरत रहेका छन् ।
उनले बिदेशमा रहँदा नेपालमा ब्याडमिन्टन खेलको बिकासका लागि नेपाली खेलाडीहरु र जिल्ला ब्याडमिन्टन संघलाई समय समयमा आर्थिक सहयोग प्रदान गर्दै आईरहेका छन् ।
फेलेटको ब्राण्ड एम्बेसडर हुन पाएकोमा आफु निकैनै गौरवान्वित भएको संजीवले बताए । उनको नियुक्तिले नेपाल लगायत सम्पूर्ण ब्याडमिन्टन परिवारलाई गौरवान्वित बनाएको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।