default_image

4 years ago

March 6, 2021

आर्मीका कृष्णलाई प्रधानसेनापति म्याराथन उपाधि

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आर्मीका कृष्ण बस्नेतले छैटौ प्रधानसेनापति खुल्ला म्याराथनको उपाधि जितेका छन् ।

शनिवार भएको म्याराथनमा कृष्णले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा २१ मिनेट ५९ सेकेण्डमा पुरा गर्दै उपाधि जितेका हुन् । उनले भारतीय सेनाका तीर्थ पुन र गतवर्षको विजेता होमलाल श्रेष्ठलाई पछि पार्दै उपाधि जितेका हुन् ।

प्रधानसनापति म्याराथनको उनको यो तेस्रो उपाधि हो । उनले यसअघि तेस्रो र चौथो संस्करणको उपात्रि जितेको थियो । दोस्रो भएको भारतीय सेनाका तीर्थ पुनले २ घण्टा २२ मिनेट २७ सेकेण्डमा दुरी पार गरे । गतवर्षको विजेता होमलालले २ घन्टा २३ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरे ।

आर्मीका खगेन्द्र भाट, नवराज साउद, ज्ञान प्रसाद भट्टराई, देवरान महतारा, सागर बुढाथोकी, रमेश मगराती र प्रेम बस्नेतले शीर्ष १० भित्र दौड सकाए । उपाधिसँगै कृष्णले नगद ३ लाखसँगै एक थान यमाहा मोटरसाइकल हात पारे । दोस्रो भएको तीर्थले २ लाख तथा तेस्रो भएको होमलालले १ लाख रुपैयाँ हात पारे ।

पुरुष हाफ म्याराथनमा आर्मीका गजेन्द्र राईले १ घन्टा ६ मिनेट ३० सेकेन्डमा दुरी पार गर्दै पहिलो भए । दोस्रो भएको राजन रोक्काले १ घन्टा ७ मिनेट ११ सेकेन्डमा तथा तेस्रो भएको नरेन्द्र रावलले १ घन्टा ८ मिनेट ८४ पल्समा दुरी पार गरे । उपाधिसँगै गजेन्द्रले ७५ हजार रुपैयाँ हात पारे । दोस्रो भएको राजले ५० हजार तथा तेस्रो भएको नरेन्द्रले ३५ हजार हात पारे ।

हाफ म्याराथनतर्फ महिलातर्फ एपिएफकी पुष्पा भण्डारी पहिलो भइन् । उनले निर्धारित दुरी २१ किलोमिटर दुरी १ घण्टा १७ मिनेट ३३ सेकेन्डमा पार गर्दै उपाधि जितेकी हुन् । उनी गतवर्षको पनि विजेता हुन् ।

यो वर्ष पुष्पाको यो तेस्रो हाफ म्याराथन उपाधि हो । मंसिरमा नेपालगन्जमा आयोजना भएको नेपालगन्ज म्याराथन अन्तरगतको हाफ म्याराथनको उपाधि जितेको पुष्पाले त्यसपछि दक्षिण एसियाली महिला म्याराथनमा स्वर्ण जितेकी थिइन् । उनी १३औं सागको म्याराथनको रजत विजेता खेलाडी हुन् ।

आर्मीकी विश्वरूपा बुढा १ घण्टा २० मिनेट ९ सेकेन्डमा निर्धारित दुरी पूरा गरि दोस्रो तथा एपिएफकी बिन्दा श्रेष्ठ १ घण्टा २४ मिनेट ४६ सेकेन्डसहित तेस्रो भइन् । उनले ट्रफीसहित नगद ७५ हजार र स्कुटी र राजेन्द्र क्षेत्री अक्षय कोसबाट थप २० हाजार प्राप्त गरिन् । दोस्रो भएको विश्वरुपाले ५० हजार तथा तेस्रो भएकी बिन्दा श्रेष्ठले ३५ हजार रुपैयाँ हात पारिन् ।

भेट्रान्सतर्फ धर्म महर्जन पहिलो, भिम बहादुर गुरुङ दोस्रो र भिमसेन अवाले तेस्रो भए । धर्मले ५० हजार, भीमले ३५ हजार र भीमसेनले २५ हजार पाए । १० किमि गैर सैनिकमा सुमन न्यौपाने, दिनेश बोगटी र महेन्द्र बराल क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । महिलामा सरस्वती बोहोरा पहिलो, बन्दना राई दोस्रो र सचिना सुनुवार तेस्रो भइन् ।

१० किमी सैनिक पुरुषमा विषन्त विष्ट पहिलो, डम्मर बुढा दोस्रो र बिशालचन्द्र बाजी तेस्रो भए । महिलामा दुर्गा केसी, चन्द्रा बानियाँ र देवी पुन क्रमश पहिलो दोस्रो र तेस्रो भइन् । यि विधाका शीर्ष तीनले क्रमश १० हजार, ७ हजार र ६ हजार रुपैयाँ हात पारे ।

५ किमी छात्रतर्फ विशुराम कुँवर पहिलो भए । बिमल विक्रम थापा दोस्रो तथा अनिल कुमार तेस्रो भए । छात्रामा सदक्षिा कार्की पहिलो, स्वेच्छा बलामी मगर दोस्रो र मिना डाँगी तेस्रो भइन् ।

म्याराथनको पहिलो संस्करणमा पुलिसका भुमिराज राई, दोस्रोमा एपिएफका गोपीचन्द्र पार्की र तेस्रो र चौथोमा आर्मीका कृष्ण बस्नेत तथा पाँचौमा आर्मीकै होमलाल श्रेष्ठ च्याम्पियन बनेका थिए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.