4 years ago
March 6, 2021
नेपालगन्ज (हाम्रो खेलकुद) – सातौं संस्करणको प्रधानमन्त्री कप महिला राष्ट्रिय भलिबलमा आज दुई खेलमा प्रतिस्पर्धा हुदैछ ।
उपाधि दावेदार विभागीय नेपाल एपिएफ क्लबले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग आज १ बजे नेपालगन्जस्थित कभर्डहलमा प्रतिस्पर्धा गर्दैछ ।
एपिएफ आर्मीलाई हराउदै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । टोलीसँग कप्तान विनिता बुढाथोकी, रेश्मा भण्डारी, सरस्वती चौधरी, नेविका चौधरी, हीरा केसी, उषा विष्ट, निरुता ठगुन्ना, कविता भट्ट, मनिषा तामाङ, यमुना रसाइलीको साथ रहेको छ ।
पहिलो खेलमा लुम्बिनी युनाइटेड टिममाथि सहज जित पाएको आर्मी सोही जितलाई निरन्तरता दिदै उपाधि जित्ने सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ । टोलीसँग राष्ट्रिय टोलीमा रहेका सुनिता खड्का, साफिया पुन, जानकी भन्डारी, कप्तान कृपा अधिकारी, मनिषा खाँड, संगम महतो, शान्ति थारु, सरस्वती खतिवडा, रेखा शाही र सृष्टि खड्गीको साथ रहेको छ ।
फागुन १ मा पोखरामा सम्पन्न टाइगर कप आमन्त्रण भलिबलमा एपिएफले आर्मीलाई ३–२ को सेटमा हराएको थियो । एपिएफलाई जितलाई निरन्तरता दिने लक्ष्यमा रहँदा आर्मी एपिएफलाई हराउने लक्ष्यमा हुनेछ ।
अर्काे खेलमा साविक विजेता नेपाल पुलिस क्लबले लुम्बिनी युनाइटेड टिमको सामना गर्नेछ । खेल ३ बजे हुनेछ ।
पुलिस लगातार दोस्रो जितको खोजीमा रहँदा लुम्बिनी पनि पुलिसलाई कडा चुनौती दिने लक्ष्यमा हुनेछ । पुलिसले पहिलो खेलमा होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–२ को सेटमा पराजित गर्दा लुम्बिनी आर्मीसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।
अंक तालिकाको शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ । प्रतियोगितामा नेपाल पुलिस, एपीएफ, त्रिभुवन आर्मी, न्यू डायमन्ड र लुम्बिनी युनाइटेडको सहभागिता रहेको छ । प्रतियोगितामा विजातालाई ५ लाख, दोस्रो हुनेलाई दुई लाख, तेस्रो हुनेलाई १ लाख र चौथो हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार राशी रहेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]