4 years ago
March 5, 2021
नेपालगन्ज (हाम्रो खेलकुद) – सातौ संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा साविकको विजेता नेपाल पुलिस क्लब र होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुदैछ ।
खेल दिउँसो १ बजेपछि नेपालगन्जस्थित रंगशालाको कर्भहलमा हुनेछ । साविक विजेता पुलिस न्यु डायमन्डलाई हराउदै उपाधि रक्षा अभियानमा उभिनेछ । पुलिसले गत संस्करणमा घरेलु भलिबलको चर्चित टोली नेपाल एपिएफ क्लबलाई हराउदै उपाधि जितेको थियो ।
१ फागुनमा पोखरामा सम्पन्न टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको विजेता समेत रहेको पुलिस उक्त प्रतियोगितामा डायमन्डसँग भोगेको हारको बदला लिने दाउमा हुनेछ ।
टोलीसँग कप्तान कोपिला उप्रेती, कमला पुन, उषा भन्डारी, कामना विष्ट, कोपिला राना, पुनम चन्द र शान्तिकला तामाङको साथ रहेको छ ।
यता, न्यु डायमन्ड पनि पुलिसलाई हराउदै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । पोखरामा सम्पन्न टाइगर कपमा लिगर चरणमा पुलिसलाई हराएको डायमन्ड सोही जितलाई निरन्तरता दिने दाउमा हुनेछ ।
टोलीसँग प्रतिभा माली, राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही, कप्तान ललितानाथ, बालमिका आचार्य, पनामिका राई, झरना श्रेष्ठ, रिया कुँवर, रिमा कुँवर, सलिना श्रेष्ठ, प्रगतिनाथ, र प्रतिक्षा गुरुङको साथ रहेको छ ।
दिनको दोस्रो खेलमा आज त्रिभुवन आर्मी क्लब र स्थानिय लुम्विनी युनाइटेडबीच खेल हुनेछ ।
प्रतियोगितामा तीन विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लब र स्थानिय टोली लुम्बिनी युनाइटेडको सहभागिता रहेको छ ।
विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।
२०७० सालमा सुरु गरेको प्रधानमन्त्री कपको पहिलो संस्करण नेपाल पुलिस क्लब, दोस्रो नेपाल एपीएफ, तेस्रो र चौथोमा भारतको रेलवे इन्डिया, पाँचौमा एपीएफ, छैटौमा पुलिस च्याम्पियन बनेको थियो । पाँचौं संस्करणमा बंगलादेशी क्लबको सहभागिता थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]