4 years ago
March 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आरडीएसकी रमिसा श्रेष्ठ र बोसिगाउँकी माया क्षत्री वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बिहीबार भएको महिला ४८ केजी तौलसमूहमा रमिसाले प्लाटिनमकी तेजीमाया गुरुङ र मायाले भक्तपुरकी करुणा चक्रधरलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । यही तौल समूहमा भक्तपुरकी अस्मिता दुवालले तारकेश्वरकी जानुका थापा र नक्सालकी सुस्मिता तामाङले नुवाकोटकी प्रगति थापालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।
महिला ५१ केजी तौल समूहमा नुवाकोटकी प्रतिभा शाही, बोसिगाउँकी हरिना ऐर, तक्सालकी रोशनी राई र प्लाटिनमकी डेनिका राईले सेमिफाइनलमा स्थान बनाए । महिलाकै ५४ केजीमा थानकोटकी सुशीला ब्लोन र बक्समान्डुकी जस्मिन केसीले पनि अन्तिम चारमा स्थान बनाए । महिलाको ५७ केजीमा आरडीएसकी सुमिरा रुपाखेती र रामेछापकी डोल्मा तामाङ पनि सेमिफाइनलमा पुगे ।
महिला ६० केजीमा केन्द्रीय बक्सिङकी स्नेहा मानन्धर र नुवाकोटकी रीता विकले सेमिफाइनलमा स्थान बनाए । यसैगरी पुरुष ६४ केजीमा ललितपुरका सनिल शाहीले पनि सेमिफाइनलमा स्थान बनाए । १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता शाहीले आयुषमान चटौतलाई पराजित गरे । यस तौल समूहमा धादिङका पवन गुरुङ र प्लाटिनमका अस्विनदेव श्रेष्ठले पनि अन्तिम चारमा स्थान बनाए ।
पुरुषकै ४९ केजीमा नक्सालका पवनबहादुर श्रेष्ठ, चितवनका सुरज गुरुङ, काभ्रेका धमेन्द्र राई र तारकेश्वरका सुजन ओलीले अन्तिम चारमा स्थान सुरक्षित बनाए ।
५२ केजीमा कोटश्य भैरवका सुमन नेपाली, मकवानपुरका बुद्ध लामा, थानकोटका सुजन महर्जन र बक्समान्डुका वाङ्दी शेर्पा सेमिफाइनल पुगे । पुरुषको ५६ केजीमा कोटस्य भैरवका प्रशान्त लामा, नुवाकोटका प्रकाश मगर, चन्डोलका जेनिस गुरुङ र एचटुओका बुद्ध लामाले अन्तिम चारमा स्थान बनाए ।
पुरुषकै ६० केजीमा नक्सालका मौसम रानामगर, ललितपुरका आभासप्रताप शाह, बक्समान्डुका गणेश थापा र तारकेश्वरका अनिल पुन मगर पनि सेमिफाइनलमा पुगे ।
प्रतियोगिताको हरेक तौलसमूहका विजेताले नगद १० हजार, दोस्रो हुनेले सात हजार र तेस्रो हुने खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीले स्कुटर र पुरुष खेलाडीले मोटरसाइकल पाउनेछन् ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]