4 years ago
March 3, 2021
भोजपुर (हाम्रो खेलकुद) – भोजपुरका बिशाल तामाङ र सुभाष तामाङ भोजपुरमा जारी प्रदेश नं. १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
बिशालले पुरुष एकल प्रतियोगिताको पहिलो दिन सुनसरीका सत्यन सुब्बा माथि १८–२१, २३–२१ र २१–१४ को जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् । सुभाषले सोलखुम्बुका संयोग सुब्बालाई २१–१६ र २१–१९ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा पुग्न सफल भएका हुन् ।
सुनसरीका प्रकाश लिम्बुले मोरङका जोन जसराजलाई २१–१४ र २१–१५ले पन्छाए । यस्तै पाँचथरका दिवस शंकरले भोजपुरका नरेन्द्र तामाङबाट, बेलटार चौदन्डिगढीका विनय चौधरीले भोजपुरका सुजन तामाङबाट, भोजपुरका सुरज रानाले भोजपुरका दावा शेर्पाबाट वाक ओभर पाउदै प्रिक्वाटरमा प्रवेश गरे ।
पुरुष युगलतर्फ बेलबारीका अजय चौधरी र मंदीप घले, संखवासभाका सुनिल कार्की र निशान कटुवाल, खोटाङ्गका बिजय राई र सविन श्रेष्ठ, बेलबारीका नविन राई र लाक्पा शेर्पा, भोजपुर दिङ्गलाका लेखनाथ श्रेष्ठ र बुद्ध ताामाङ तथा भोजपुरका सुरज मगर र मनोज श्रेष्ठको जोडीले पनि प्रिक्वाटरमा स्थान सुरक्षित गरे ।
ब्वाईज यु–१७ तर्फ सोलुखुम्बुका संयोग बस्नेत, खोटाङका सनम राई, ईटहरी ब्याडमिन्टन क्लबका भोज बहादुर गुरुङ, ओखलढुंगााका बिकास कटुवाल, संखुवासभाका निशान कटुवाल, धनकुटाका सुजन तामाङ, बेलटारका बिनय चौधरी, खोटाङका बिकास खत्री, भोजपुरका युनिश राई,
लुखुम्बुका संयोग बस्नेत, खोटाङका सनम राई, ओलढुंगाका हेमन्त राई, संखुवासभाका सुनिल कार्की, मोरङका जोन जसराज, खोटाङका बिजय राई, बेलटारका सनिल चौधरी, खोटाङ्गका सबिन श्रेष्ठ र सुनसरीका सत्यम सुुब्बा पनि अन्तिम १६ प्रवेश गरे ।
भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा भएको प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताका भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले उद्घाटन गरे ।
प्रतियोगितामा पूर्वाञ्चलका १२ जिल्लाका ९९ खेलाडीहरुले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा महिला पुरुष एकल, पुरुष युगल, यु १७ र यु १३ छात्र तथा छात्रा गरि ७ स्पर्धामा प्रतिस्पर्धा हुँदैछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।