default_image

4 years ago

March 2, 2021

भोजपुर मेयरकप ब्याडमिन्टन बुधबारदेखि

105 views

0 Bookmark

भोजपुर (हाम्रो खेलकुद) – भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता भोलीबाट हुने भएको छ ।

प्रतियोगिताका लागि भोजपुरका नम्बर एक खेलाडी रत्नजित तामाङ, नविन श्रेष्ठ, पविन लिनथेप, पेम्बा शेर्पा, दिबश संकर, सुजन श्रेष्ठ, प्रनिश सिंह ठकुरी पनि भोजपुर आईपुगेका छन् ।

यस्तै भोजपुरमै रहेकी महिला नम्बर एक खेलाडी नङ्शलदेवी तामाङ धेरै लामो समयदेखि धरायसी कारण प्रतियोगितामा उपस्थित हुन नसकेका पूर्व राष्ट्रिय खेलाडी विवेक श्रेष्ठ, बिशाल तामाङ लगायत खेलाडीहरु आफ्नै स्थानमा प्रतियोगिता हुन लागेको र सहभागिता जनाउन पाउने कारण हर्षित भएका छन् ।

धेरै लामो समय देखि घरायसी कारणले प्रतियोगितामा सहभागिता जनाउन नपाईरहेको अवस्थामा आफ्नै जिल्ला त्यसमाथि आप्mनै घर नजिक प्रतियोगिता हुन लागेकोले आफ्नो खेल कौशलता प्रदर्शन गर्न पाउँदा निकै उत्साहित भएको छु खेलाडी विवेकले बताए ।

राष्ट्रिय च्याम्पियन बिकास श्रेष्ठको नेतृत्वामा राष्ट्रिय च्याम्पियन बिवेक श्रेष्ठ, नविन श्रेष्ठ राष्ट्रिय खेलाडीहरु सहित उर्जासिल युवाहरु सम्मिलित निर्वाचित जिल्ला संघले पहिलो पटक जिल्लामा यति ठुलो प्रतियोगिता आयोजना गर्न गईरहेको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुका साथै सरादेवी तामाङ, बिकास श्रेष्ठ, नङशल तामाङ, विवेक श्रेष्ठ, रत्नजित तामाङ, नविन श्रेष्ठ जस्तार राष्ट्रिय च्याम्पियनहरु उत्पादन गरेको भोजपुरमा ठुला प्रतियोगिताहरु नभईरहेको अवस्थामा यस ब्याडमिन्टन प्रतियोगिताहरुले खेलाडी उत्पादनमा निकैनै सहयोग पुग्ने भोजपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पूर्व राष्ट्रिय च्याम्पियन बिकास श्रेष्ठले बताए ।

भोजुरमा खेलाडीहरु उत्पादन गर्ने उद्धेश्यले पहिलोपटक जिल्ला भित्रका मात्रै यु–१३ को ब्वाईज र गल्र्सको प्रतियोगिता हुनेछ । सदरमुकामस्थित भोजपुर बहुमुखी क्याम्पस प्राङ्गणमा रहेको भोजपुर जिल्ला ब्याडमिन्टनको कभर्डहलमा संचालन हुने प्रतियोगितामा पुरुष तथा महिला एकल, पुरुष युगल, यु–१७ र यु–१३ ब्वाईज तथा गल्र्स, गरि ९० खेलाडीहरुले कुल ७ बिधामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

करिब १२ लाख अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष युगलका शिर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः ५० हजार, ३० हजार र १५ हजार, पुरुष एकलमा शिर्ष तीन स्थान प्राप्त गर्नेले २५ हजार, १५ हजार र ७ हजार ५ सय, महिला एकलका शिर्ष तीन स्थान प्राप्त गर्नेले २० हजार, १० हजार र ५ हजार तथा यु – १७ ब्वाइज तथा गल्र्स तर्फ शिर्ष तीन स्थान प्राप्त गर्नेले १५ हजार, ८ हजार र ४ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यु १३ का खेलाडीहरुलाई प्रोत्साहन स्वरुप शिर्ष तीनका खेलाडीहरुले नगद ५ हजार, ३ हजार र १५ सय सहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.