4 years ago
March 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ सोमबारदेखि सुरु भएको छ । प्रतियोगिता सोमबारदेखि सुरु भएपनि उद्घाटन १९ फागुनमा हुनेछ ।
प्रतियोगितामा १ सय ७३ खेलाडीले सहभागिता जनाएका छन् । नागार्जुन नगरपालिकाको विशेष सहयोगमा काठमाडौंको स्युचाटारमा भइरहेको प्रतियोगिताको पहिलो दिन पुरुष ५२ केजीमा आइएमटीडिओका नारायण भुजेलले टीवाइसीका पदम शाही ठकुरी तथा बक्समान्डुका वाङदी शेर्पाले टीवाइसीका राजन भट्टलाई पराजित गरे ।
५६ केजीमा सिन्धुलीका अजय चौधरीले मकवानपुरका महेन्द्र राई तथा बक्समान्डुका सुरज महर्जनले सीबीसीका लक्ष्मीप्रसाद जोशीलाई हराए । ६० केजीमा नक्साल ए का मौसम राना मगरले मेघदूतका निरज गौतम, ललितका आभाषप्रताप शाहले ए प्रोका अनिश थापा मगर, एसडब्लुटीएसबीका सन्जोक विष्टले चितवनका विवेक गुरुङ, सिन्धुलीका निमा दावा तामाङले पाटनका रायन महर्जन, थानकोटका विजनगोपाल श्रेष्ठले रामेछापका नेत्र तिरुवा तथा टीवाइसीका अनिल पुन मगरले सीबीसीका विकास गुरुङलाई पाखा लगाए ।
पुरुष ६४ केजीमा ललितका सनिल शाहीले टीकाथलीका निशान दास, रसुवाका रोविन प्रधानले एफ प्रोका प्रनिमेश थापा, धादिङका पवन गुरुङले टीवाइसीका दिनेश भण्डारी, सीबीसीका कमल श्रेष्ठले एसडब्लुटीएसबीका तुफान शाही, प्लाटिनमका अविश्वनदेव श्रेष्ठले रामेछापका सुमन श्रेष्ठ तथा बक्समान्डुका चन्द्र देवा तामाङले थानकोटका मनीष श्रेष्ठलाई पन्छाए ।
प्रतियोगिताको महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा भइरहेको छ । पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूह समावेश छन् ।
प्रतियोगिताका हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । दोस्रो हुनेले सात हजार र तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीलाई स्कुटर र पुरुष खेलाडीले मोटरसाइकल प्रदान गरिने अध्यक्ष सन्तोष बुढाथोकीले जानकारी दिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।