4 years ago
February 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रादेशिक भलिबल रेफ्री कोर्ष आइतबार सम्पन्न भएको छ ।
(९ देखि १६ फागुन) ८ दिनसम्म चलेको रेफ्री कोर्षमा ३६ जिल्लाबाट १०७ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । रेफ्री प्रशिक्षण कोर्षमा सामान्य प्रतियोगिता खेलाइरहेका रेफ्री, जिल्ला भलिबल संघका रेफ्री तथा खेलाडीहरुले सहभागिता जनाएका थिए ।
जसबाट ८ जना प्रशिक्षार्थीले शतप्रतिशत अंक ल्याउदै उत्तिर्ण हुदा बाँकी ९९ जना पनि उत्तिर्ण हुन सफल भएको ढोरपाटन क्लबका सचिव खुम गाउलेले जानकारी गराए ।यससँगै उनीहरु सबैले प्रादेशिक भलिबल रेफ्रीको लाइसेन्स र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रादेशिक रेफ्रीमा बढुवा भएपनि उनीहरुले तीन वर्षसम्म राष्ट्रिय प्रतियोगिता चलाउन मिल्ने छैन । राष्ट्रिय प्रतियोगिता चलाउन उनीहरुले स्थानिय प्रतियोगिता पनि गर्नुपर्ने सचिव गाउलेले बताए ।
ढोरपाटन क्लबको खेल मैदान, साउथ वेस्ट स्टेट कलेज, ऋत एकेडेमीमा ८ दिनसम्म चलेको कोर्षमा ६ जना रेफ्रीले प्रयोगात्मक र लिखित परीक्षा लिएका थिए ।
अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम प्रसाद लासिवा, कुल बहादुर राना, एसियन भलिबल रेफ्री क्यान्डिडेट बिकास गुरुङ, विजय केसी, एसियन रेफ्री विजय कृष्ण बादे, राष्ट्रिय रेफ्री अशोक थापा र खुम गाउले मगरले प्रशिक्षण दिएका थिए । पुर्व भलिबल प्रशिक्षक कपिल किशोर श्रेष्ठले पनि प्रशिक्षण दिएका थिए ।
ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले भलिबलको दक्ष जनशक्ति तयार पार्न कोर्सको आयोजना गरिएको बताए । अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम प्रसाद लासिवाले प्रादेशिक भलिबल रेफ्री कोर्ष अत्यन्तै उत्साहपुर्वक सुरु र समापन भएको बताए ।
सोही अवसरमा नेपाल भलिबल संघले अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा भएका कुल बहादुर रानालाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ । फेडेरेसन अफ इन्टरनेसनल भलिबल (एफआइभीबी) ले गत मसिंरमा कुल बहादुर राना र चन्द्र बदना राईलाई अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा भएको पत्र पठाएको थियो । कुल बहादुर राना गौतम लासिवा पछि एफआइभीबीबाट आधिकारिक अन्तर्राष्ट्रिय भलिबल रेफ्री बन्ने दोस्रो रेफ्री हुन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]