4 years ago
February 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – फस्ट ब्रेकका अमन कार्की प्रथम चक्र लामा-किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बौद्धस्थित अजिमा स्नुकर हाउसमा अमनले एस स्नुकर हाउसका मिलन लामालाई ८१–५३, ३–८५, ७९–१२, ३८–६६, ७८–२९, ६७–५५, ८८–४५ र ५८–४५ ले पराजित गरे ।
नेपाल नम्बर वान अजिमाका रेगन श्रेष्ठले पनि सेमिफाइनल यात्रा तय गरे । रेगनले एएक्सएनका वाङचु तामाङलाई १०६–७, २८–७६, ८३–३०, १०–१२३, ७७–६७, १–८९, ८०–३७, ७७–२६ र ८७–१४ ले हराए ।
सेमिफाइनलमा रेगनको भेट अमनसंग हुने छ । दुई क्वाटरफाइनल हुन बाँकी छ । सोमबार अजिमाका राजेन लामा र लास्ट ब्रेकका सोम लामा तथा अजिमाका फुरी शेर्पा र एनआरटीका दीपक मगरबीच क्वाटरफाइनल हुने छ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]