4 years ago
February 28, 2021
पोखरा (हाम्रो खेलकुद) – विधान स्पोर्ट्स हाउस वालिङ स्याङ्जाले स्वर्गिय महेश खड्का स्मृति कप क्लब स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
विधान स्पोर्ट्स हाउस पुरुषतर्फ च्याम्पियन बनेको हो । महिलातर्फ अर्चलबोटले यजु युथ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल को थियो ।
चौथो सेट चलिरहँदा वर्षाका कारण शनिबार खेल नभएपछि आइतबार भएको फाइनलमा विधान स्पोर्ट्स हाउसले गल्कोट बाग्लुङलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । शनिबार गल्कोट बाग्लुङले २ तथा विधान स्पोर्ट्स हाउसले एक सेट जितेको थियो । एकपक्षीय खेलमा विधान स्पोर्ट्सले २५–२०, २५–१८ र २५–२२ को सहज जित निकाल्यो ।
उपाधिसँगै विधान स्पोर्ट्सले ८० हजार रुपैयाँ प्राप्त गरे । दोस्रो भएको गल्कोट बाग्लुङले ५० हजार हात पा¥यो । युनाइटेड पोखरा क्लब कास्कीको आयोजनामा १२ देखि १५ फागुनसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको प्रतियोगितामा पुरुषतर्फ १४ तथा महिलामा ६ टोलीको सहभागिता रहेको थियो । विजयी खेलाडीलाई नवीन गुरुङ र स्वर्गीय महेश खड्काका पिता तुल बहादुर खड्काले पुरस्कृत गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]