4 years ago
February 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अजिमा स्नुकर हाउसका राजेन लामा प्रथम चक्र लामा-किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगितामा राजेनले चामुण्डाका जिमी लामालाई ५–० को फ्रेममा सहजै पराजित गरे । अन्य प्रिक्वाटरफाइनलमा एनआरटीका दीपक मगरले पाल्पाका कुनाल श्रेष्ठलाई ५–२, अजिमाका फुरी शेर्पाले एस स्नुकरका सक्षम श्रेष्ठलाई ५–४ तथा लास्ट ब्रेकका सोम लामाले पोखराका विकास महर्जनलाई ५–३ ले हराउदै क्वाटरफाइनलमा पुगे ।
दुई क्वाटरफाइनल आइतबार र बाँकी दुई सोमबार हुने छ । आइतबार अजिमाका नेपाल नम्बर वान रेगन श्रेष्ठ र एएक्सएनका वाङचु तामाङ तथा फस्ट ब्रेकका अमन कार्की र एसका मिलन लामाबीच प्रतिस्पर्धा हुने छ ।
सोमबार अजिमाका राजेन र लास्ट ब्रेकका सोम तथा एनआरटीका दीपक र अजिमाका फुरी शेर्पाबीच खेल हुनेछ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]