4 years ago
February 27, 2021
ललितपुर (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन टोली फ्रेन्ड्स क्लबको साधरणसभा शनिबार सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष राजिव पौडेलको अध्यक्षतामा भएको साधरण सभाले विभिन्न चार निर्णय गरेको छ । साधरणसभाले आगमी चैत २८ गते नयाँ कार्यसमिति चयनका लागि क्लबका आजिवन सदस्य राम खनाको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ ।
विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल कन्फेडेरेसन (एएफसी)को नीति अनुसार क्लबको विधान संशोधन गर्ने निर्णय गरेको छ ।
यस्तै क्लब लाइसेन्सिङ प्रक्रियालाई अघि बढाउने र चाँगुनारायण नगरपालिका वडा नम्वर ४ मा खेल मैदान निर्माण गर्ने निर्णय गरेको छ । ५० रोपनीमा बन्ने मैदानको डिपिआर तयार भइरहेको क्लबका प्रवक्ता राजाराम तन्डुकारले बताए ।
चागुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्रले खेल मैदानसम्म पुग्ने बाटो, ढल, खानेपानी को सुबिधा उपलब्ध गराउनाको साथै आवस्यक अन्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले चागुनारायण नगरपालिकामा रग्बी, टेवलटेनिस, ब्याडमिन्टन, बास्केटबल, भलिबललगायत अन्य खेलकुद मैदान र खेलकुद हल बनाउदै गरेको जानकारी गराए ।
युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङले एन्फा र क्लबहरुसँग सहकार्य गरि क्लबहरुलाई एएफसी लाइसेन्स प्रक्रियाका लागि आवस्यक नीतिनिर्माणमा सहयोग गर्ने बताए ।
साधरणसभामा युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङ, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका उपाध्यक्ष पंकज नेम्वाङलगायतको उपस्थित रहेको थियो ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]