default_image

4 years ago

February 26, 2021

‘गोल्डेन एथ्लेटिक्स मिट’ यसै महिना

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ‘गोल्डेन एथ्लेटिक्स मिट’ यसै महिना आयोजना हुने भएको छ । काठमाडौं जिल्ला एथ्लेटिक्स संघ, ललितपुर जिल्ला एथ्लेटिक्स संघ र भक्तपुर जिल्ला एथ्लेटिक्स संघको संयुक्त आयोजनामा प्रतियोगिता फागुन २९ गते शनिबार हुनेछ ।

फाइल फोटो

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने एथलेटिक्स मिटमा सिनियरतर्फ महिला र पुरुषको ५ इभेन्ट र जुनियरतर्फ ३ इभेन्ट समावेश गरिएको आयोजकले जनाएको छ ।

सिनियरतर्फ १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर र तीन हजार मिटर दौड समावेश छ । यस्तै जुनियरतर्फ १ सय मिटर,४ सय मिटर र ८ सय मिटरमा प्रतिस्पर्धा हुनेछ ।

अहिले विभिन्न निकायले रोड रेस गरिरहेको अवस्थामा ट्रयाक इभेन्टहरु छायामा परेको अवस्थामा एथलेटिक्सका पुराना खेलाडीहरुको हौसलामा ट्रयाक इभेन्ट आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रो स्पोर्ट्स प्रालिको संयोजकत्वमा हुने प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद प्राप्त गर्नेछन् । सिनियर र जुनियरतर्फ उत्कृष्ट प्रदर्शन गर्ने महिला र पुरुष खेलाडीलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विभागीय टिमका खेलाडीका साथै अन्य निकायका खेलाडीले प्रतिस्पर्धा गर्न पाउने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब ७ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.