default_image

4 years ago

February 20, 2021

म्याग्दी र तनहुँलाई मुख्यमन्त्री कप भलिबल उपाधि

139 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – म्याग्दी र तनहुँले गण्डकीको मुख्यमन्त्री कप प्रदेशस्तरिय भलिवल प्रतियोगिताको उपाधि जितेका छन् । म्याग्दी महिलातर्फ तथा तनहुँ पुरुषतर्फ च्याम्पियन बनेका हुन् ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा पुरुषतर्फको फाइनलमा तनहुँले उपाधि दावेदार मानिएको स्याङ्जालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । तनहुँले पहिलो सेट २३–२५ ले गुमाएपनि दोस्रो सेटमा २५–१७ को सेटमा जित निकाल्दै खेललाई १–१ सेटको बराबरीमा ल्यायो ।

तेस्रो सेटमा पनि तनहुँ २५–२० को सेटमा विजयी हुदा चौथो सेट स्याङ्जाले २५–१३ ले आफ्नो पक्षमा पार्दै खेललाई पाँचौ सेटमा लम्ब्यायो । तर, निर्णाय सेटमा तनहुँले स्याङ्जालाई १५–१० को सेटमा जित निकाल्दै उपाधि जित्न सफल भयो ।

महिलातर्फको फाइनलमा म्याग्दीले पर्वतलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जित्न सफल भयो । म्याग्दीले पर्वतमाथि २५–१४, २५–१४ र २५–१७ ले जित निकाल्दै उपाधि उचालेको हो ।

पुरुषतर्फ पर्वतले म्याग्दीलाई २३–२५, २५–१४, २५–१७ र २७–२५ को सेटमा पराजित गदर्दै तेस्रो स्थान हात पार्यो । महिलातर्फ तनहुँले कास्कीलाई २५–१६, २२–२५, २५–१४ र ३०–२८ ले पराजित गर्दै तेस्रो हुन सफल भयो ।

उपाधिसँगै विजेता पुरुष तथा महिला टोलीले समान २–२ लाख रुपैयाँ प्राप्त गरेको छ । दोस्रो भएका टोलीले समन १–१ लाख तथा तेस्रो भएको टोलीले समान ५०–५० हजार प्राप्त गरे ।

कास्की जिल्ला भलिवल संघको आयोजनामा ४ फागुनबाट सुरु भएको प्रतियोगिताको विजयी टोली तथा खेलाडीलाई गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङ, राखेपका सदस्य राजेश गुरुङ लगायतले पुरस्कृत गरे ।

सोही अवसरमा भलिवल खेलको विकासमा योगदान पुर्याएको भन्दै भलिबल प्रशिक्षक कौशिला खत्री र पोखराका टप्स, ज्ञानुबाबा र फिस्टेल एकेडमीलाई सम्मान गरिएको थियो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.