4 years ago
February 19, 2021
गोरखा (हाम्रो खेलकुद) – सोनी गुरुङ र लक्ष्मण मल्लले लिगलिगे साईकल दौडको खुलातर्फको उपाधि जितेका छन् ।
धादिङकी सोनीले महिलातर्फ १३औं सागको स्वर्ण बिजेता खेलाडी लक्ष्मी मगरलाई पछि पादै उपाधि जितेकी हुन् । उनले निर्धारित ५२.९ किलोमिटर दुरी २ घण्टा ५६ मिनेट ७ सेकेन्डमा पुरा गरिन् ।
लक्ष्मीले ३ घण्टा २ मिनेट ९ सेकेन्ड समय खर्चिइन् । गोरखाकी उषा खनालले ३ घण्टा ९ मिनेट २ सेकेन्टमा निर्धारित दुरी पार गदै तेश्रो स्थान हाँसिल गरिन् । उषा गण्डकी प्रदेश स्तरिय साईकल दौडमा भने महिलातर्फको उपाधि जित्न सफल भईन । गण्डकी प्रदेश स्तरिय महिलाको उपबिजेता लमजुङकी केशरीथापा मगर हुदा कास्कीकी जमुना थापा तेस्रो भईन् ।
त्यसैगरि पुरुष खुलातर्फको उपाधि बिजेता धादिङका लक्ष्मणले २ घण्टा २२ मिनेट ५५ सेकेन्डका साथ पहिलो भए । कन्चनपुरका हिमाल टमाटाले २ घण्टा ३१ मिनेट ३५ सेकेन्डमा दूरी पार गर्दै दोस्रो तथा तेस्रो भएका ललितपुरका ओकेश बज्रचार्यले निर्धारित दुरी पार गर्न २ घण्टा ३६ मिनेट ५६ सेकेन्डमा पुरा गरे ।
पालुङटार नगरपालिका र पर्यटन बोर्डको प्रायोजनमा सम्पन्न भएको गण्डकी प्रदेश स्तरिय साईकल दौडको पुरुष इभेन्टमा कास्कीका सन्दिप सुन्डौली पहिलो,गोरखाका लेखप्रसाद भट् दोश्रो र पालुङटारका शिव श्रेष्ठ तृतिय भए । शिवले पालुङटार स्तरिय साईकल दौडको उपाधि भने जित्न सफल भए ।
पुरुष तथा महिला खुला दौडको बिजेताले जनही २५ हजार उपविजेताले जनही २० हजार र तृतिय हुनेले जनही नगद १५ हजार प्राप्त गरे । साथै दुवै समूहका १० औ स्थान सम्म हाँसिल गर्ने खेलाडी पनि नगद पुरस्कारले सम्मानित भए ।
गण्डकी प्रदेश स्तरिय महिला तथा पुरुष साईकल दौडका विजेताले जनही ५ हजार उपविजेताले जनही ३ हजार र तृतिय हुनेले जनही नगद २ हजार ५ सय प्राप्त गरेका छन् ।
लिगलिग भिलेज स्पोट्र्सद्धारा संचालित दौडको बिजेतालाई पालुङटार नगर प्रमुख दीपकबाबु कडेल, पर्यटन बोर्डका सिईओ डा.धनन्जय रेग्मी, नेपाल साईकलिङ संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपती, प्रतियोगिता संयोजक संजिब रानालगायतले खेलाडीलाई पुरस्कृत गरे ।
November 28, 2024
एजेन्सी – कमरान गुलामको शतकको सहयोगमा पाकिस्तानले तेस्रो ओडिआईमा घरेलु टोली जिम्बाब्वे हराउँदै सिरिज २-१ ले जितेको छ । बिहीवार तेस्रो ओडिआई खेल ९९ रनले जित्दै ३ खेलको ओडिआई सिरिज पाकिस्तानले जितेको छ । पहिलो खेल जिम्बाब्वेले जितेकोमा दोस्रो र तेस्रो खेलमा जित हात पार्दै पाकिस्तानले सिरिज जितेको हो । पाकिस्तानले दिएको ३ सय ४ […]
November 28, 2024
काठमाडौं(हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले सहयोगमा पुननिर्माण हुन लागेको सानो गौचरन मैदानको शिलान्यास भएको छ । महानगरपालीकाकी उपप्रमुख सुनिता डंगोलले बिहीवार मैदान पुनर्निर्माणको शिलान्यास गरिन् । शिलान्याससँगै मैदान पुनर्निर्माणको काम आजबाट सुरु भएको छ । शुभ कन्स्ट्रक्सनले पुर्निर्माणको १८ करोड ८६ लाख ७४ हजार ८ सय २७ रुपैयाँमा जिम्मेवारी पाएको छ । महानगरपालिकाका उपप्रमुख सुनिता […]
November 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल आइपुगेका छन् । मंगलवार आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा हायत काठमाडौं आईपुगेको कर्णालीले जनाएको छ । मंगलवार काठमाडौं आईपुगेका हायतलाई कर्णालीका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए। ३२ […]