4 years ago
February 18, 2021
पोखरा÷(हाम्रो खेलकुद) – मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरिय महिला तथा पुरुष भलिवल च्याम्पियनसिपको सेमिफाइनल समिकारण पुरा भएको छ ।
महिलातर्फ म्याग्दी, तनहुँ, पर्वत र कास्की सेमिफाइनलमा प्रवेश गरेका छन । यस्तै पुरुषतर्फ स्याङजा, पर्वत, म्याग्दी र तनहुँले अन्तिम चारको यात्रा तय गरेको छ । महिला र पुरुष दुवैको सेमिफाइनल शुक्रबार हुने आयोजकले जनाएको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार भएको क्वाटरफाइनलमा पुरुषतर्फको खेलमा स्याङ्जाले बाग्लुङमाथि २५–२० र २७–२५ को सोझो सेटमा जित निकाल्यो । पर्वतले भने गोर्खाबाट वाकओभर पायो ।
यस्तै म्याग्दीले कास्कीलाई २५–१९ र २५–१२ को सोझो सेटमा हराउदै अन्तिम चारको यात्रा तय गर्न सफल भयो । तनहुँले नवलपुरलाई २५–१८ र २५–२० को सेटमा हरायो । अब सेमिफाइनल स्याङ्जा र पर्वत तथा म्याग्दी र तनहुँ भिड्नेछन् ।
महिलातर्फ म्याग्दीले स्याङ्जामाथि २५–५ र २८–२६ को सेटमा जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भयो । यस्तै तनहुँले मुस्ताङलाई २५–६ र २५–९ को सेटमा तथा पर्वतले नवलपुरलाई २५–८ र २५–९ ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भयो ।
त्यस्तै कास्कीले बाग्लुङमाथि २–१ को सेटमा जित निकाल्यो । पहिलो सेट १९–२५ ले गुमाएको कास्कीले त्यसपछिको सेट २५–२३ र २५–१८ ले जित्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । अब सेमिफाइनलमा म्याग्दी र तनहुँ तथा पर्वत र कास्कीबीच प्रतिस्पर्धा हुनेछ ।
कास्की जिल्ला भलिवल संघद्वारा आयोजित प्रतियोगिताको महिला र पुरुष दुवै विजेताले समान २–२ लाख तथा उपबिजेता दुबैले नगद १–१ लाख रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टोलीले समान ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीसँगै व्यक्तिगत विधातर्फ उत्कृष्ट सेटर, डिफेन्डर, स्पाइकर र सेटरलले समान ५–५ हजार प्राप्त गर्नेछन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]