4 years ago
February 16, 2021
बुटवल (हाम्रो (खेलकुद) – होङ्वान्जी न्यु डायमन्ड एकेडेमी काठमाडौं प्रथम हिलबर्ट महिला भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेको छ ।
कपिलबस्तु वाणगंगा वडा नम्वर २ पिपरास्थित हिलबर्ट इंग्लिस बोर्डिङ स्कुलको खेल मैदानमा मंगलबार भएको खेलमा डायमन्डले कुँवरवर्ती इंग्लिस बोर्डिङ स्कुललाई ३–० को सोझो सेटमा हराउदै च्याम्पियन बनेको हो । एकपक्षीय खेलमा डायमन्डले कुँवरवर्तीमाथि पहिलो सेटमा २५–१९ को जित निकाल्दा दोस्रो सेटमा २५–११ र तेस्रो सेटमा २५–१२ को सहज जित निकाल्न सफल भयो ।
त्यसअघि तेस्रो स्थानको लागि भएको खेलमा न्यु होराइजन स्पोर्ट्स क्लब बुटवलले एभरेष्ट बोर्डिङ स्कुलमाथि ३–१ को सहज जित निकाल्यो । पहिलो सेट १५–२५ ले गुमाएको होराइजनले त्यसपछिको तीन सेट २५–१२, २५–२१ र २५–१६ ले सहज जित निकाल्न सफल भयो ।
त्यसअघि सेमिफाइनलमा डायमन्डले न्यु होराइजन स्पोर्ट्स क्लबलाई २५–१२, २५–२२ र २५–१५ ले तथा कुँवरवर्तीले एभरेष्ट स्कुललाई २५–१६, २५–१९ र २५–१५ को सोझो सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।
उपाधिसँगै डायमन्डले १ लाख रुपैयाँसहित शिल्ड, ट्रफी र मेडल प्राप्त गरेको छ । दोस्रो भएको कुँवरवर्तीले ७० हजार, तेस्रो भएको न्यु होराइजनले ४० हजार तथा चौथो भएको एभरेष्टले २० हजार रुपैयाँ प्राप्त गरेको छ ।
विजयी टोलीलाई विद्यालय सञ्चालक समितिका अध्यक्ष दिपक खनाल, लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य विष्णु पन्थी, विद्यालयका सञ्चालकहरु, प्रबन्ध निर्देशक, प्राचार्य, सहायक प्राचार्य, वाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्याल, वडा नम्वर २ का वडा अध्यक्ष विष्णु पौडेललगायत भलिबल रेफ्रीहरुले पुरस्कृत गरे ।
हिलबर्ट इंग्लिस बोर्डिङ स्कुलको आयोजनामा २ फागुनबाट सुरु भएको भएको प्रतियोगितामा विभिन्न ८ टोलीले सहभागिता जनाएका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]