4 years ago
February 15, 2021
बुटवल (हाम्रो खेलकुद) – होङ्वान्जी न्यु डायमन्ड एकेडेमी, एभरेस्ट स्कुल, न्यु होराइजन स्पोर्ट्स क्लब र कुँवरवर्ती इंग्लिस बोर्डिङ स्कुल कपिलवस्तुमा जारी प्रथम हिलबर्ट महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
वाणगंगा नगरपालिका वडा नम्वर २ पिपरास्थित हिलबर्ट इंग्लिस बोर्डिङ स्कुलको कोर्टमा सोमबार भएको क्वाटरफाइनलमा काठमाडौं चन्द्रागिरीस्थित पुरानो नैकापको न्यु डायमन्ड एकेडेमीले कुँवरवर्ती इंग्लिस बोर्डिङ स्कुल बुटवलको ‘सेतो’ लाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।
एकपक्षीय बनेको खेलमा डायमन्डले पहिलो सेट २५–५ ले सहजै आफ्नो पक्षमा पारेको डायमन्डले आफ्नै गल्तीमा दुई अंक गुमाउदा दोस्रो सेट २५–२ को सेटमा विजयी भएको थियो । तेस्रो सेटमा नयाँ खेलाडीलाई मौका दिदा खेल केही रोमाञ्चक बन्दा डायमन्ड २५–९ ले विजयी हुन सफल भयो ।
अर्काे क्वाटरफाइनलमा न्यु होराइजनले शान्त भलिबल ट्रेनिङ सेन्टर पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थन बनाउन सफल भयो । होराइजनले शान्त भलिबलमाथि २५–७, २५–१७ र २५–१५ को जित निकालेको थियो ।
यस्तै अर्काे क्वाटरफाइनलमा एभरेष्ट बोर्डिङ स्कुल बुटवलले आयोजक हिलबर्ट इंग्लिस बोर्डिङ स्कुलमाथि २५–१५, २५–१३ र २५–२२ को सहज जित निकाल्दै सेमिफाइनलमा कुँवरवर्ती इंग्लिस बोर्डिङ स्कुलसँगको भेट पक्का गरेको छ । कुँवरवर्तीले दिप इंग्लिस बोर्डिङ स्कुललाई २५–६, २५–११ र २५–९ को सोझो सेटमा हराएको थियो ।
अब सेमिफाइनल मंगलबार हुने आयोजकले जनाएको छ । पहिलो सेमिफाइनल बिहान ८ बजे कुँवरवर्ती र एभरेष्टबीच तथा दोस्रो सेमिफाइनलमा होङ्वान्जी न्यु डायमन्ड एकेडेमी र न्यु होराइजन स्पोर्ट्स क्लबबीच बिहान १० बजे प्रतिस्पर्धा हुनेछ । मंगलबार नै फाइनल तथा तेस्रो स्थानको लाथि पनि खेल हुने आयोजकले जानकारी गराएको छ ।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुने टोलीले ७० हजार, तेस्रोले ४० हजार तथा चौथोले २० हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै व्यक्तिगत विधातफै सेटर, ब्लकर, स्पाइकर, डिफेन्डर, सर्भर, प्रशिक्षक र अनुशाषित खेलाडीले समान ३–३ हजार प्राप्त गर्नेछन् ।
हिलबर्ट इंग्लिस बोर्डिङ स्कुलको आयोजनामा आइतबारदेखि भएको प्रतियोगितामा विभिन्न ८ टोलीले सहभागिता जनाएका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]