default_image

4 years ago

February 13, 2021

टाइगर कप भलिबलः आर्मी र गण्डकी उपाधिका लागि भिड्दै

104 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – प्रथम टाइगर कप आमन्त्रण खुल्ला महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि आज शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र स्थानिय टोली गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुदैछ ।

फाइनल खेल दिउँसो २ बजेपछि पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ । लिग चरणको पाएको जितलाई निरन्तरता दिदै स्थानिय टोली गण्डकी प्रदेश विभागी टोलीको वर्चस्व तोड्दै उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

लिग चरणमा गण्डकी प्रदेशले एक सेटले पछि परेपनि उत्कृष्ट प्रदर्शन गर्दै ३–१ को सेटमा आर्मीलाई स्तब्ध पारेको थियो । प्रतियोगितामा विभागीय टोलीको भिडमा आर्मी र एपिएफलाई हराएरको गण्डकी पुलिससँग सोझो सेटमा पराजित भएपनि उत्कृष्ट खेल पस्केको थियो ।

गण्डकीसँग कप्तान हरि पाण्डे, याम क्षेत्री, सुजन चोखाल, रुपेन्द्र गैरे, घनश्याम चौधरी, किरण गुरौ, राजन दर्लामीमगर, राजु बिक, ठक बहादुर गुरुङ, सन्जय परियार, इश्वर थापा र सन्तोष थापा रहेका छन् । गण्डकी प्रदेशलाई घरेलु समर्थकको पनि साथ रहनेछ ।

यता आर्मी पनि लिग चरणमा भोगेको हारको बदला लिदै उपाधि जित्ने लक्ष्मा कोर्टमा उत्रनेछ । लिग चरणको पहिलो खेलमै सुरुवाती अग्रता लिएरपनि जोगाउन नसक्दा गण्डकी सँग पराजित भएपनि त्यसपछि आर्मीले विभागीय प्रतिद्धन्द्धी एपिएफ र नेपाल पुलिस क्लबलाई सहजै पाखा लगाउदै लिगमा शीर्षस्थानमा रहँदै फाइनलमा स्थान बनाउन सफल भएको थियो ।

टोलीसँग मान बहादुर श्रेष्ठ, धन बहादुर भट्ट क्षेत्री, हरि अधिकारी, दुर्गा बहादुर खड्का, हरि हजुर थापा, इश्वर थापामगर, सरन सामरी क्षेत्री, दिल बहादुर सुनार, भैरव बम, राजेन्द्र विष्ट, दुर्गा महतो र
राजेन्द्र केसीको साथ रहेको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.