4 years ago
February 13, 2021
पोखरा (हाम्रो खेलकुद) – प्रथम टाइगर कप आमन्त्रण खुल्ला महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधिका लागि आज शनिबार दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुदैछ ।
खेल दिउँसो १२ बजे पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ । लिग चरणको पाएको जितलाई निरन्तरता दिदै पुलिस वर्षको पहिलो उपाधि जित्ने दाउमा हुनेछ । पुलिसले लिग चरणमा एपिएफमाथि ३–० को सोझो सेटमा जित निकालेको थियो ।
कोरोना महामारी अघि पुलिसले गत वर्ष फागुनमा नेपालगन्जमा भएको प्रधानमन्त्री कप भलिबलमा एपिएफलाई हराउदै उपाधि जितेको थियो । उक्त प्रतियोगिता र कोरोनापछि भएको यो नै पहिलो ठुलो प्रतियोगिता हो ।
टोलीमा कप्तान कोपिला उप्रेती, कमला पुन, उषा भण्डारी, कामना विष्ट, मनिषा चौधरी, शान्तिकला तामाङ, कोपिला राना र पुनम चन्दलगायतको खेलाडीको साथ रहेको छ ।
यता, एपिएफ पनि लिग चरणमा भोगेको हारको बदला लिदै वर्षको पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछ । प्रतियोगितामा कमजोर सुरुवात गरेपनि लय समातेको एपिएफसँग सरस्वती चौधरी, रेश्मा भण्डारी, बिनिता बुढाथोकी, हीरा केसी, उषा विष्ट, निरुता ठगुन्ना, रस्मिता दुरा, यमुना रसाइली, मनिषा तामाङ र पुजा चौधरीको साथ रहेको छ ।
राउन्ड रोविन लिगमा पुलिस ३ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेर फाइनलमा प्रवेश गर्दा ५ अंक जोडेर दोस्रो हुदै एपिएफले फाइनलमा स्थान बनाएको थियो । समान ५ अंक नै भएपनि सेटको आधारमा होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब तेस्रो स्थानमा रहँदै फाइनलमा पुग्नबाट बञ्चित भएको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]