4 years ago
February 12, 2021
चितवन –हाम्रो खेलकुद) – शीर्ष वरियताका रत्नजित तामाङ चितवनमा जारी योनेक्स सनराइज प्रथम प्रधानमन्त्री कप राष्ट्रव्यपाी खुला ब्याडमिन्टन प्रतियोगिताबाट बाहिरिएका छन् ।
प्रतियोगितामा शुक्रबार भएको पुरुष एकलको प्रि क्वाटरफाईनल त्रिभुवन आर्मी क्लबका रत्नजित आफ्नै क्लबका हिमाल चन्दसंग पराजित भएका हुन् । प्रतियोगितामा सहभागिताको तयारीको प्रशिक्षणका क्रममा खुट्टामा चोट लोगेका रत्नजित २१–१६, १३ –२१, १२ –२१ ले पराजित भएका हुन् ।
पुरुष युगलको स्पर्धालाई मध्यनजर राख्दै पुरुष एकलमा जोड नदिएको रत्नले बताएपनि उनी पछिल्लो समय केहि प्रतियोगिताको उपाधिबाट बञ्चित भएका छन् । पुरुष एकलमा जोड दिंदा अझ बढि चोट ब्यहोर्नु पर्ने भएकाले पुरुष युगलका लागि आफुलाई सुरक्षित राखेको उनको भनाई छ ।
केहि अघि सर्लाहीमा भएको वरियता च्याम्पियनसिपको सेमिफाइनलमा रत्न जित प्रिन्स दाहालसँग पराजित भएका थिए । त्यसअघि सिन्चुपाल्चोकको चौतरामा भएको प्रतियोगिताको फाइनलमा पनि प्रिन्सले रत्नजितलाई हराएको थियो ।
चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृृती प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको क्वाटरफाईनल प्रवेश गर्ने अन्य खेलाडीहरुमा एपिएफका प्रिन्स दाहाल, भोजपुरका पूर्व नंम्बर एक खेलाडी बिकास श्रेष्ठ, सेनाका प्रफुल महर्जन र नविन श्रेष्ठ, धादिङ्गका सुदीप सेढाई, सेनाका रुकेश महर्जन र एपिएफका दीपेश धामी रहेका छन् ।
यु १७ ब्वाईज तर्फ सेनाका भोज बहादुर गुरुङ्ग, दाङ्गका हिमांशु कवार मगर, कपिलबस्तुका रोहित बराल, सेनाका आयुष्मान नागरी, दाङ्गका सुरज गुप्ता, सेनाका हिमाल चन्द, कंचनपुरका बिवेक चौधरी र सुर्खेतका नरेन्द बामले पनि अन्तिम ८ मा स्थान बनाए ।
राष्ट्रिय बरियताको २० देखि बाहेकका खेलाडीहरुको पुरुष युगल तर्फका खेलमा सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडी पनि अन्तिम ८ मा स्थान बनाउन सफल भएका छन् ।
यस्तै साईनो र जेष्ट ब्याडमिन्टन एकेडेमीका राम बानिया र ईन्द्र महताको जोडी, एपिएफका बिशाल प्रधान र बिमल श्रेष्ठको जोडी, कास्कीका भुगोल गुरुङ्ग र बिशाल खड्का, एपिएफका प्रियांशु सिंह क्षेत्री र पेम्बा शेर्पाको जोडी, साईनोका अभिषेक बोस र सुजन थापाको जोडी, बुटवल ब्याडमिन्टन क्लबका बिश्वास नेपाल र गणेश रायमाझीको जोडी तथा सेनाका भोज बहादुर गुरुङ्ग र दीवस शंकर जोडी पनि क्वाटरफाईनल प्रवेश गरेका छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।