default_image

4 years ago

February 11, 2021

सफल पोखरा म्याराथनको तयारी पुरा

124 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पुरा भएको आयोजक भूतपूर्व खेलाडी मञ्च नेपाल जनाएको छ ।

पोखरास्थित नेपाल पयर्टन बोर्डमामा बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै मञ्चले शनिबार हुने १५औं सस्ंकरणको तयारी पुरा भएको जानकारी दिएको हो । नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गर्ने पोखरा म्याराथनमा पहिलोपटक महिला हाफ म्याराथन पनि समावेश गरिएको मञ्चले यसअघि नै जानकारी दिइसकेको छ ।

मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले पोखरालाई खेलकुद शहरको रुपमा विश्वमा परिचय गराउन पोखरा म्याराथनले भूमिका खेलेको बताउँदै कोभिड–१९ यो कठिन समयमा समेत यसलाई निरन्तरता दिन लागिएको बताए ।

‘म्याराथन केवल प्रतियोगिताका लागि मात्रै आयोजना भएको नभई पोखरालाई ‘सिटी म्याराथन’को अवधारणा अनुरुप विश्वमा परिचय गराउने लक्ष्य रहेको अध्यक्ष गुरुङले थपे ।

कोभिड–१९ का कारण पोखरा म्याराथन अन्तर्गत आयोजना हुने १० किमी महिला र पुरुष, ५ किलोमिटर छात्ररछात्रा तथा दृष्टि विहिनहरुको दौड र अपाङ्गहरुको ह्विल चियर दौडभने फरक–फरक मितिमा आयोजना हुने यसअघि नै बताइसकेको छ ।

पोखरा म्यारथन अन्तर्गत हुने दृष्टि विहिनहरुको दौड तथा अपांगहरुको ह्विल चियर दौड फागुन २२ गते, १० किमी महिला र पुरुष दौड चैत १४ गते र ५ किलोमिटर छात्र–छात्रा दौड २०७८ वैशाख ४ गते आयोजना गर्न बताइएको छ ।

म्याराथन (४२.१९५ किमी) को विजेताले २ लाख, दोस्रो हुनेले १ लाख, तेस्रोले ७५ हजार र चौथो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै महिला हाफ म्याराथनतर्फको विजेताले १ लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० र चौथो हुनेले १५ हजार प्राप्त गर्नेछ ।

ह्विल चियर महिला÷पुरुष तथा दृष्टिविहिन महिला र पुरुष दुवैतर्फका विजेताले ७, दोस्रोले ५ र तेस्रो हुनेले ३ हजार रुपैयाँ पाउनेछन् । १० किलोमिटर महिला र पुरुष दुवैतर्फका विजेताले १५, दोस्रोले १० र तेस्रोले ५ हजार तथा ५ किलोमिटर छात्र/छात्राको दौडका दुवैतर्फका विजेताले १०, दोस्रोले ७ र तेस्रो हुने खेलाडीले ४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सफल दुधको मुख्य प्रायोजनमा हुने पोखरा म्याराथनमा झन्डै ५१ लाख रुपैयाँ खर्च हुने बताइएको छ । पोखरा म्याराथनलाई राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मञ्च युके, गैर आवासिय नेपाली संघ युके, गैर आवासिय नेपाली संघ हङकङ लगाएत अन्य उद्योग तथा व्यवसायीले सहयोग गरेको जनाएको छ ।

पोखरा म्याराथन पोखरा रंगशालाबाट सुरु भई पोखरा महानगरका १७ वटा वडाहरुका सडक मार्ग हुँदै पुनः पोखरा रंगशालामा पुगेर सम्पन्न हुनेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.