4 years ago
February 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा खेलकुद अभिमुखीकरण कार्यक्रम प्रदेश २ को वीरगन्जमा बिहीबारदेखि सुरु भएको छ ।
कार्यक्रमको युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले एक कार्यक्रमबीच उद्घाटन गरे ।दुईदिने कार्यक्रममा प्रदेश २ का ८ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख, ओलम्पियन र अन्तर्राष्ट्रिय पदक विजेता गरी १ सय १० जनाको सहभागिता रहेको छ ।
अभिमुखीकरण कार्यक्रममा राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्पोर्ट्स म्यानेजमेन्ट, डा. ज्ञानेन्द्रविक्रम शाहले स्पोर्ट्स मेडिसिन, सुलोचना सिजख्वाले स्पोर्ट्स साइकोलोजी, अर्चना यादवले इनर्जी सिस्टम इन स्पोर्ट्स पर्फमेन्स, रमन नेपालीले स्पोर्ट्स मोटिभेसन, राजेन्द्ररत्न तुलाधरले कन्डिसनिङ एन्ड फिट्नेस, हिमाल दाहालले कोचेस इन ट्रेनिङ, रितामैया प्रजापतिले जेन्डर इक्विटी इन स्पोर्ट्स सोसियोलोजी र सकुना देवीले मेन्टल ट्रेनिङ एन्ड स्पोर्ट्स पर्फमेन्स बारे जानकारी दिने छन् ।
पाँच प्रदेश लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती र प्रदेश १ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ । वीरगन्जपछि गण्डकी प्रदेशको पोखरामा फागुन २ र ३ गते अभिमुखीकरण कार्यक्रम हुने छ ।
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]