4 years ago
February 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भारतकी साइना देशपाण्डे आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको महिला सिंगल्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेकी छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा साइनाले नेपालकी अभिलाषा विष्टलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरिन् । सोही स्पर्धामा बेल्जियमकी रोमाने र मार्ते लाम्ब्रेज तथा भारतकी रुमा गाइकाइवारीले सेमिफाइनलमा स्थान सुरक्षित गरे । प
ुरुष सिंगल्समा भारतका युभान नन्दलाल, अमन दहिया र निशान्त दबस तथा स्पेनका तोमस क्युसदाले सेमिफाइनल यात्रा तय गरे । पुरुष डबल्समा भारतका निशान्त दबस र अमन दहिया तथा भारतकै अनग्रह गांगुली र करण सिंहको जोडीले उपाधि भिडन्त पक्का गरे ।
उक्त स्पर्धाको महिलामा अमेरिकाकी रुतुजा छप्हल्कर र भारतकी रुदया शाह तथा बेल्जियमकी रोमाने र भारतकी रिया उबोभेजा फाइनलमा पुगे ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]