4 years ago
February 10, 2021
चितवन (हाम्रो खेलकुद) – एनआरएन दुवईका शाहिल चन्द चितवनमा जारी सर्वाधिक पुरस्कार राशीको प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगितामा दोहोरो जित निकाल्न सफल भएका छन् ।
चन्दले छात्र यु–१७ तर्फ गुल्मीका मनोज पोदारलाई २१–१३ र २१–१३ को समान अन्तरले पराजित गर्दै दोश्रो चरण प्रवेश गरे । यस्तै उनले पुरुष एकलमा पनि जित निकाले । चन्दले पुरुष एकलमा काठमाडौंका भबिश थापालाई २१–९ र २४–२२ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएका हुन् ।
यस्तै पुरुष एकलतर्फ जित निकाल्ने क्रममा सेनाका हिमाल चन्द, पविन लिनथेप, नवलपरासीका रोशन कुमाल, एपिएफका प्रियान्सु सिंह क्षेत्री, साईनोका अभिषेक बोस, एपिएफका सुमन लिम्बु, सुर्खेतका नरेन्द्र बम, बाराका रामकृष्ण श्रेष्ठ दोश्रो चरण यात्र तय गर्दा सेनाका आयुष्मान नागरी, र बाँकेका इरफान अन्सारीले वाकओभर पाए ।
यस्तै छात्र एकलतर्फ कैलालीका रोसन साउद, सुर्खेतका प्रकाश अधिकारी, चितवनका लामा छिरिङ, बुटवल ब्याडमिन्टन क्लबका कृष नेपाल र कैलालीका पारस उपाध्यायले पनि दोश्रो चरण प्रवेश गर्ने क्रममा जित निकाले ।
प्रतियोगिताको बागमती प्रदेश प्रमुख बिष्णु प्रसाईले एक कार्यक्रम विच प्रतियोगिताको उद्घाटन गरेका थिए । चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृती ट्रष्टको संयुक्त आयोजना भएको प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब, २७ जिल्ला तथा अन्य क्लबगरि २५२ खेलाडीहरुले सहभागिता जनाएका छन् ।
पुरुष एकल र राष्ट्रिय २० बरियताको युगल, राष्ट्रिय २० बरियता बाहेककाको युगल, महिला एकल, छात्र र छात्रा यु १७, पुरुष भेट्रान्स ४५ बर्ष माथी र ५५ बर्ष माथी गरि ८ स्पर्धामा प्रतिस्पर्धा गराईएको छ । महिला तथा पुरुष एकल स्पर्धाका बिजेताले नगद १ लाख १५ हजार प्राप्त गर्नेछन् । यस्तै दोश्रोले ५५ हजार र तेश्रो हुने दुईले १५ । १५ हजारका दरले प्राप्त गर्नेछन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।