default_image

4 years ago

February 9, 2021

प्रेरणा र सलोनीलाई सफलता

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रेरणा कोइराला र सलोनी तामाङको जोडीले आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको महिला डबल्समा मंगलबार जित हात पारेका छन् ।

महिला डबल्समा नेपालका उक्त जोडीले भारतका कृष्टि बोरो र लक्ष्मी गौदको जोडीलाई ३–६, ६–३ (१०–६) को सेटमा हराए । त्यसै स्पर्धामा सर्किट १ विजेता नेपालकी अभिलाषा विष्ट जर्मनीकी सोन्जा भारतका हिट्भी चौधरी र पवित्रा पारिखको जोडीसंग ६–४ र ६–३ ले चुके ।

त्यस्तै नेपालका इशाश्री शाह र सर्वानी श्रेष्ठ, अजा रेग्मी र शुभाङ्गीलक्ष्मी शाह तथा इभा अधिकारी र श्रेया भट्टराईको जोडीले आ–आफ्नो खेल गुमाए ।

पुरुष डबल्समा आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडीले जित हात पारे । सातदोबाटोस्थित टेनिस कोर्टमा उक्त जोडीले भारतका सार्थक शर्मा र जैश्नभ सिन्धेको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे ।

जारी प्रतियोगिताको सर्किट १ मा आरभ र अकीको जोडी उपविजेता बनेको थियो । सोही स्पर्धामा नेपालका प्रणव मानन्धर र चिराग तिमिल्सिना, निसान श्रेष्ठ र निहालजंगबहादुर थापा तथा सम्यकभूषण वज्राचार्य र आर्यन गिरीको जोडी पराजित भए ।

सिंगल्सको पुरुषमा नेपालका सम्यकभूषण वज्राचार्य तथा महिलामा नेपालका प्रेरणा कोइराला र सलोनी तामाङको जोडीले आ–आफ्नो प्रतिद्वन्द्वीलाई नतिजा सुम्पे ।

April 9, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]

April 9, 2025

गल्कोट कप भलिबलको पुरस्कारमा वृद्धि

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]

April 9, 2025

विपना र अरहान्त वरीयताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]

Success

Thank you for your time.