default_image

4 years ago

February 8, 2021

एसियन छनोट खेल स्थगित

95 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – यही वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिक र पारा ओलम्पिकअन्तर्गत तेक्वान्दोको एसियाली छनोटका खेल स्थगित भएको छ ।

पारा तेक्वान्दो टोलीः फाइल तस्विर

यही मार्च २६ देखि २८ तारिखसम्म जोर्डनको अम्मानमा तय भएको छनोट खेल कोरोना भाइरसको महामारीका कारण दुई महिना पर सारिएको नेपाल तेक्वान्दो संघले जनाएको छ । संघका अनुसार एसियाली छनोटका खेल आगामी मे १४ देखि १६ तारिखसम्म जोर्डनको अम्मानमै हुने गरी स्थगित गरिएको छ ।

सन् २०२० मा तय भएको ओलम्पिक खेलकुद कोरोना भाइरसको महामारीका कारण सन् २०२१ जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुँदैछ । ओलम्पिक खेल सकिएको एक महिनापछि जापानमै पारा ओलम्पिक हुनेछ ।

November 23, 2024

चेल्सीले लेस्टरलाई हरायो

एजेन्सी – इङ्लिस प्रिमियर लिगमा शनिवार चेल्सीले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ। निकोलस ज्याक्सन र एन्जो फर्नान्डेजको गोल चेल्सी विजयी भएको हो। प्रिमियर लिगमा चेल्सीको यो सिजनमा यो छैटौं जित हो। किङ्स पावर स्टेडियममा चेल्सीले सुरुआतदेखि नै घरेलु टाेली लेस्टरमाथि दबदबा कायम राखेको थियो। १५औं मिनेटमै फर्नान्डेजकै क्रसमा ज्याक्सनको गोलमा चेल्सी अग्रता लियो । ७५औं मिनेटमा […]

November 22, 2024

फाल्डो यु-२१ को उपाधि विजेता सदभावलाई स्वागत

काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल २८औं संस्करणको यु-२१ तर्फको उपाधि विजेता नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य स्वदेश फर्किएका छन्। सदभावलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले तथा संघका पदाधिकारीहरुले स्वागत गरे। नेपाली खेलाडीले फाल्डो सिरिज अन्तर्गत ग्रान्ड फाइनलमा […]

November 21, 2024

फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल- सदभावले जिते यु २१ उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल अन्तर्गत यु-२१ तर्फको उपाधि जितेका छन्। नेपालले फाल्डो सिरिज ग्रान्ड फाइनलमा उपाधि जितेको यो पहिलो पटक हो। सदभाव ओभरअलतर्फ दोस्रो भए।युएईको आबुधाबीस्थित अल आइन इक्वेसटेरियन सुटिङ एण्ड गल्फ क्लबमा भएको प्रतियोगिताको अन्तिम दिन बिहीवार १-अन्डर ६९ स्कोर […]

Success

Thank you for your time.