4 years ago
February 6, 2021
पोखरा (हाम्रो खेलकुद) – टाइगर ग्रुप अफ पोखराको आयोजनामा आमन्त्रण राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
राउन्ड रोविनको आधारमा खेलाइने प्रतियोगितामा पुरुषतर्फ चार र महिलातर्फ चार टिमको सहभागिता रहने शनिबार आयोजित अन्तिम पत्रकार सम्मेलनमा आयोजकले जानकारी दियो । ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले ग्रुपमा अधिकांश भलिबलसँग सम्बन्धित पदाधिकारी र राष्ट्रिय खेल भलिबल भएकाले पहिलो पटक भलिबल प्रतियोगिता आयोजना गर्न लागेको बताए ।
‘हाम्रो यो पहिलो प्रयास हो । हामीले यो प्रतियोगितालाई निरन्तरता दिनेछौं र आगामी दिनमा अन्य खेललाई समेत समावेश गराउने छौं,’ उनले भने । प्रतियोगिताको लागि मञ्च व्यवस्थापन तथा अस्थायी प्यारापिट समेत तयार भइसकेको छ । यस्तै टिकट शुल्कमा भने वृद्धहरुलाई छुट दिइएको छ ।
महिला तर्फ सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र न्यु डायमण्ड एकेडेमी । पुरुष तर्फ सशस्त्र प्रहरी बल,त्रिभुवन आर्मी क्ल्ब, नेपाल प्रहरी र गण्डकी प्रदेश रहेका छन् । प्रतियोगिताको विजेताले समान एक लाख ५० हजार तथा उपविजेताले समान ७५ हजार प्राप्त गर्नेछन् ।
तेस्रो हुनेले समान ३५-३५ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिताको सान्त्वना टिमले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट सर्भर,सेटर,ब्लकर,डिफेन्डर र स्पाइकरले समान ५–५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सबै खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमले गर्दैछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]