4 years ago
February 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भारतका अमन दहिया र बेल्जियमकी मार्ते लाम्ब्रेच आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ को पहिलो सर्किटअन्तर्गत सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् ।
पुरुष फाइनलमा अमनले स्पेनका तोमस क्युसदा पेरेजलाई ६–२ र ६–२ को सोझो सेटमा पराजित गरे । महिलाको उपाधि भिडन्तमा मार्तेले आफ्नै राष्ट्रकी रोमाने लोङग्युभिल्लेलाई सीधा सेटमा ६–० र ६–३ ले हराइन् ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा भएको थियो । महिला डबल्समा नेपालकी अभिलाषा विष्ट र जर्मनीकी सोन्जो विजेता बनेका थिए । पुरुष डबल्समा भारतका आर्यन लक्ष्मनन् र आर्यन शाह च्याम्पियन भए । यस स्पर्धामा नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडी उपविजेता बनेको थियो ।
विजेतालाई आयोजक संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुलले एक कार्यक्रमबीच पुरस्कृत गरे । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा छदिनसम्म चलेको प्रतियोगितामा समान ३२–३२ पुरुष÷महिला खेलाडी सहभागी थिए ।
यु–१८ उमेरसमूहको प्रतियोगितामा नेपाल, भारत, अमेरिका, क्यानाडा, स्पेन, फ्रान्स, बेल्जियम, फिनल्यान्ड र जर्मनी गरी ९ राष्ट्रले भाग लिएको आयोजक संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।
आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत सर्किट २ सोमबारदेखि सातदोबाटोमै सुरु हुँदैछ । त्यसका लागि छनोट चरणका खेलहरु शनिबारदेखि नै सुरु भएको छ । सर्किट २ मा पनि समान ३२–३२ पुरुष/महिला खेलाडीले ‘मेन ड्र’ मा सिंगल्स र डबल्स स्पर्धामा खेल्नेछन् ।
प्रतियोगितामा सर्किट १ मा सहभागी ९ राष्ट्रसहित उज्वेकिस्तानको पनि सहभागिता रहने प्रतियोगिता निर्देशक विष्टले जानकारी दिए । छनोट चरणबाट समान ६–६ पुरुष÷महिला खेलाडीले ‘मेन ड्र’ मा प्रवेश पाउने छन् ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]