default_image

4 years ago

February 4, 2021

आरभ र अकीको जोडी फाइनलमा

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडी वल्र्ड टेनिस टुर–जे ५ को बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष डबल्सतर्फको सेमिफाइनलमा हाडा र रावतको जोडीले भारतको रोनिन लोट्लिकर र मोनिल लोट्लिकरको जोडीलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा पक्का गरेका हुन् ।

फाइनलमा हाडा र रावतको जोडीले भारतका आर्यन लक्ष्मनन र आर्यन शाहीको जोडीको सामना गर्नेछ । लक्ष्मनन र शाहीको जोडीले भारतकैे अमन धानिया र योभान नन्दनको जोडीलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

यता महिला डबल्सतर्फ नेपालकी अभिलासा विष्ट र जर्मनीकी सोन्जा जियानेवायवाको जोडी फिनल्यान्डकी आनेश फर्नान्डेज लाक्सोनेन र भारतकी रिया उभेजाको जोडीमाथि ६–४,६–०को सोझो सेटमा जित हात पार्दै उपाधि नजिक पुगेका हुन् ।

यता दोस्रो सेमिफाइनलमा भने नेपालकी प्रेरणा कोइराला र सलोनी तामाङको जोडी सेमिफाइनलमा निराश भएको छ । कोइराला र तामाङको जोडी बेल्जियमकी क्याट चोपेज र मार्टी ल्याम्बरजेटको जोडीसँग ६–४ र ६–१ ले निराश भएका हुन् ।उपाधिका लागि विष्ट र जियानेवायवाको जोडीले को जोडीको सामना गर्नेछ ।

यता पुरुष एकलमा भारतका अमन धानिया,अग्रिया यादव र तौरस रावत तथा फ्रान्सका भ्यालेन्टिन फाउरेले अन्तिम ४ मा स्थान पक्का गरेका छन् । धानियाले भारतकै आर्यन शाहीमाथि ६–२ र ६–० ले हराउदा यादवले भारतकै अनार्घा गांगुलीलाई ६–४ र ६–३ ले निराश भए ।

त्यस्तै फाउरेले भारतका रोनिन लोट्लिकलाई ६–२,७–५ ले पराजित गर्दा रावतले स्पेनका थोमस परेजलाई ६–० र ६–२ ले हराए ।

यता महिलातर्फ बेल्जियमकी मार्टी ल्याम्बरचेट र रोमने लङभेल्ली तथा अमेरिकाकी सायना देशपाण्डे र रातुजा चापाल्रले सेमिफाइनमा स्थान पक्का गरेका छन् ।मार्टिले अन्तिम ४ मा स्थान पक्का गर्ने क्रममा फिनल्यान्डकी आनेश फर्नान्डेज लाक्सोनेनमाथि ४–६, ६–१ र ७–६ को जित हात पार्दा रतुजाले बेल्जियमकी क्याट चोपेजलाई २–६, ६–४ र ६–२ को सेटमा हराइन ।

त्यस्तै रोमानेले जर्मनीकी सोन्जा जियानेवायवालाई ७–५ र ६–१ को सोझो सेटमा पराजित गरिन् ।यता देशपाण्डेले भारतकी मेकहला मनन रिटायर्ड हर्ट भएपछि अन्तिम ४ मा स्थान पक्का गरेकी हुन् ।

प्रतियोगितामा समान ३२–३२ पुरुष÷महिला खेलाडीको सहभागिता रहेको छन् ।प्रतियोगितामा नेपाल, भारत, फ्रान्स, उज्वेकिस्तान, कजाकस्तान, अमेरिका, बेल्जियम, स्पेन र जर्मनी गरी ९ राष्ट्र सहभागी छन् । नेपालबाट १२ पुरुष र १४ महिला खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । साताव्यापी प्रतियोगितामा सिंगल्स र डबल्स स्पर्धा समावेश छन् ।

April 9, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]

April 9, 2025

गल्कोट कप भलिबलको पुरस्कारमा वृद्धि

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]

April 9, 2025

विपना र अरहान्त वरीयताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]

Success

Thank you for your time.