4 years ago
February 1, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपालका तोरस रावत र सलोनी तामाङले वल्र्ड टेनिस टुर– जे ५ को पहिलो सर्किटमा सोमबार विजयी सुरुआत गरेका छन् ।
सिंगल्सको पुरुषमा तोरस र महिलामा सलोनीले विजयी सुरुआत गरेका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा तोरसले नेपालकै निहालजंगबहादुर थापालाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा सलोनीले भारतकी कृष्ति बोरोलाई ६–३ र ६–४ को सीधा सेटमा हराइन् ।
पहिलो दिन पुरुष सिंगल्स नेपालबाट निश्चल कायश्थ, प्रसिद्ध मोक्तान, आर्यन गिरी, अकी जुवेन रावत, निशान श्रेष्ठ, आरभसम्राट हाडा, इभ्येक जोशी, प्रितम परियार र चिराग तिमिल्सिनाले पनि प्रतिस्पर्धा गरेकोमा सबै पराजित भए ।
त्यस्तै महिला सिंगल्समा नेपालको चुनौती प्रस्तुत गरेका सर्वानी श्रेष्ठ, श्रेया भट्टराई, प्रेरणा कोइराला, इशाश्री शाह र अजा रेग्मीले पनि प्रतिद्वन्द्वीलाई नतिजा सुम्पे । प्रतियोगितामा समान ३२–३२ पुरुष/महिला खेलाडीको सहभागिता रहेको आयोजक संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।
प्रतियोगितामा नेपाल, भारत, फ्रान्स, उज्वेकिस्तान, काजाकस्तान, अमेरिका, वेल्जियम, स्पेन र जर्मनी गरी ९ राष्ट्र सहभागी छन् । नेपालबाट १२ पुरुष र १४ महिला खेलाडीले प्रतिस्पर्धा गरिहेका छन् । साताव्यापी प्रतियोगितामा सिंगल्स र डबल्स स्पर्धा समावेश छन्
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]