4 years ago
February 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौको खुसिवुस्थित पलेस्वान मार्गमा स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी संचालनमा आएको छ । टेबल टेनिसकी ८ पटककी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ (महर्जन)को अग्रसरतामा उक्त एकेडेमी खुलेको हो ।
एकेडेमीको नेपाल ओलम्पिक कमिटि(एनओसी) का अध्यक्ष एवं विधटित प्रतिनिधी सभाका साँसद जीवनराम श्रेष्ठले सोमबार एक कार्यक्रमबिच उद्घाटन गरे । एकेडेमीमा हाल तीन टेबल टेनिस बोर्ड रहेको छ ।
एकेडेमीको बारेमा जानकारी गराउँदै नविताले धेरै अगाडि देखि एकेडेमी संचालन गर्ने सोच रहेको र त्यसलाई परिवारको सहयोग र साथले साकार भएको बताईन् । उनले भनिन् ‘ डिप्लोमा पढ्दा देखि एकेडेमी संचालन गर्ने सोच बनाएको थिए । १३ औं साग पश्चात खेलाडी भन्दा पनि कोचको भूमिकामा आफुृलाई उभ्याउने सोच बनाएको थिए त्यसैलाई यथार्थतामा परिणत गर्न एकेडेमी स्थापना गरेका हौं ।’
विभिन्न देशमा जाँदा त्यहाँको एकेडेमी र टेबल टेनिसको विकासले आफूलाई यस क्षेत्रमा अघि बढ्ने प्रेरणा मिलेको नविताले बताइन् । नविताले थपिन् ‘कतिपय राम्रा खेलाडीहरु आर्थिक अभावका कारण तथा समयको अभावले पढाई र खेललाई संगसंगै लैजान सक्दैनन् र बीचमै खेल्न छाड्नु पर्ने अवस्था देखिएको छ । त्यस्तो समस्यामा रहेको खेलाडीको खेलजीवनलाई अघि बढाउन लागि एकेडेमीले सहयोग गर्नेछ ।,
उनले आगामी दिनमा खेलाडीहरुको लागि विभिन्न विद्यालयहरुमा छात्रबृत्तीका लागि पहल गर्ने साथै छात्राबास समेत संचालन गर्ने सोच बनाएको बताइन् । यस कार्यले आगामी दिनमा उपत्यका बाहिरबाट आएका खेलाडीहरुका लागि सहज उनको विश्वास छ । । उनले आगामी दिनमा टेबल टेनिस खेललाई ब्यावसायिकता तर्फ अग्रसर गर्नु पर्नेमा समेत जोड दिईन् ।
एनओसी अध्यक्ष श्रेष्ठले एकेडेमी संचालन गरेकोमा शुभकामना प्रदान गर्दै खेल जीवन पश्चात खेलाडीहरुले भविष्यको सुनिश्चितता नहुनुका कारण बीचमा नै खेल छोड्ने अथवा खेलमा उच्चता प्रदर्शन गर्न नसकेको बताए ।
उनले नविताले अन्य जीवन यापनको मार्ग नखोजी आफ्नै खेल क्षेत्रमा लगानी गरि जीवन यापन लगायत खेल क्षेत्रको विकासमा लाग्ने जुन कदम उठाएको छिन् त्यसका लागि नविता लगायत परिवारलाई धन्यवाद प्रदान गरे ।
कार्यक्रमलाई शुभकामना प्रदान गर्दै नेपाल टेबलटेसि संघका अध्यक्ष, एनओसीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजबैद्यले काठमाण्डौ र ललितपुरमा पनि एकेडेमी रहेको र सबैको उद्धेश्य भनेको स्तरिय खेलाडी उत्पादन गर्नेनै हो भन्दै एकेडेमीको उद्धेश्य प्राप्तीका लागि शुभकामना प्रदान गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]