4 years ago
January 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेनिस संघको आयोजनामा वल्र्ड टेनिस टुर– जे ५ को पहिलो सर्किट सोमबारदेखि सुरु हुने भएको छ ।
प्रतियोगितामा समान ३२ पुरुष/महिला खेलाडीको सहभागिता रहने आयोजक संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् । त्यसका लागि छनोट चरणका खेलहरु शनिबारदेखि सुरु भएको छ ।
खेलाडीले हासिल गरेको अंकका आधारमा समान २२ पुरुष/महिला खेलाडीले स्वतः सर्किट १ मा खेल्ने पाउने छन् । समान ६ पुरुष/महिला खेलाडी छनोट चरणबाट छानिने छन् भने समान ४ पुरुष÷महिला खेलाडी वाइल्ड कार्ड मार्फत सर्किट १ को ‘मेन ड्र’ मा प्रवेश पाउने छन् ।
तियोगितामा नेपाल, भारत, फ्रान्स, उज्वेकिस्तान, काजाकस्तान, अमेरिका, वेल्जियम, स्पेन र जर्मनी गरी ९ राष्ट्रको सहभागिता रहेको प्रतियोगिता निर्देशक विष्टले जानकारी दिए । नेपालबाट १२ पुरुष र १४ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
सिंगल्स र डबल्स स्पर्धा समावेश छन् । सर्किट २ फब्रुअरी ८ तारिखदेखि हुने छ । दुवै सर्किटको पुरुषमा भारतीय खेलाडी र महिलामा नेपालकी अभिलाषा विष्टले शीर्ष वरीयता प्राप्त गरेका छन् । खेलहरु सातदोबाटोस्थित टेनिस कोर्टमा हुने छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।