4 years ago
January 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बाँके नेपालगन्जका इरफान अन्सारी र रियाज अन्सारीको जोडीले भारतको उत्तर प्रदेश (बहरइच) मा भएको प्रथम राना आगम सिंह स्मृति आमन्त्रण ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्सतर्फको उपाधि जितेको छ ।
यो दाजुभाईको जोडीले इलाहवादका अमरेन्द्र प्रताप सिंह र रवि मिश्रको जोडीलाई २१–१९ र २१–१८ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । बाँकेकै बिलाल वारिस र राहुल गुप्ताको जोडीले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका छन् ।
इरफान पुरुष एकलको फाइनलमा अमरेन्द्र प्रताप सिंहसँग २–१ को सेटमा पराजित हुदै उपाधि विमुख बनेको थियो । पहिलो सेट १७–२१ ले गुमाएपनि इरफानले दोस्रो सेटमा २५–२३ को प्रतिस्पर्धात्मक जित निकालेको थियो । तर तेस्रो सेट इरफानले २१–१७ ले नै गुमाउन पुग्यो ।
प्रतियोगितामा उत्तर प्रदेशका विभिन्न ८ जिल्लासँगै नेपालीले पनि सहभागिता जनाएका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।