4 years ago
January 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा जिम्न्याष्टिक एकेडेमीको मंगलबार उद्घाटन गरिएको छ ।
२०७२ सालको भूकम्पले जीर्ण भएको पहिलेको जिम्न्याष्टिक हललाई भत्काएर पुनः सोही स्थानमा बनाइएको अर्को जिम्न्याष्टिक हल निर्माण गरिएको थियो । त्यही हललाई नेपाल जिम्न्याष्टिक संघले एकेडेमीका रुपमा सञ्चालन गर्न लागेको हो ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एकेडेमीको एक कार्यक्रमबीच उद्घाटन गरे । सोही कार्यक्रममा बुधबारदेखि सुरु हुने जिम्न्याष्टिक कोचेस कोर्स तालिमको पनि सदस्य–सचिव सिलवालले नै उद्घाटन गरेका थिए ।
तालिममा उपत्यकाका २५ प्रशिक्षकको सहभागिता रहेको जिम्न्याष्टिक संघका महासचिव मुकुन्दराज शर्माले जनाएका छन् । सहभागीलाई जिम्न्याष्टिकका मुख्य प्रशिक्षक राजेश्वरमान स्थापित, पूर्णमान वज्राचार्य, निरु दर्शनधारी डंगोल, सजनी मानन्धर र गुने नारायणले सञ्चालन गर्ने छन् ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]