default_image

4 years ago

January 24, 2021

मन्डे र आयशा सम्मानित

211 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुदको १३औं संस्करणका दोहोरो स्वर्ण विजेता करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्य आइतबार सम्मानित भएका छन् ।

शान्ति फाउन्डेसन नेपालले दुवैलाई सानेपामा आयोजित एक कार्यक्रमबीच सम्मान गरेको हो ।राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सम्मान पत्र प्रदान गरी सम्मान गरे । मन्डेले एकल र टिम कातामा स्वर्ण जितेका थिए ।

आयशाले एकल र पेयर पुम्सेमा पहिलो स्थान हात पारेकी थिइन् । मन्डे नेपाल खेलकुद पत्रकार मञ्चले वर्षेनी आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डअन्तर्गत वर्ष २०७६ का उत्कृष्ट पुरुष खेलाडी अवार्ड विजेता पनि हुन् । आयशाले पनि सोही अवार्डअन्तर्गत स्पेसल अवार्ड जितेकी थिइन् ।

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

Success

Thank you for your time.