4 years ago
January 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपिएफ) नेपालले गत महिना बंगलादेशमा आयोजना भएको म्याराथनमा स्वर्णपदक जित्न सफल आफ्नो खेलाडी पुष्पा भण्डारीलाई नगदसहित सम्मानित गरेको छ ।
धाविका पुष्पालाई एपिएफले आफ्नो २०औं स्थापना दिवसको अवसर पारेर शुक्रबार नगद १ लाख र सम्मान पत्रले सम्मानित गरेको हो । उनलाई गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले १ लाख रुपैयाँको चेक र सम्मानपत्र हस्तान्तरण गरे ।
सम्मानित भएपछि पुष्पाले सम्मानले थप हौसला प्राप्त हुनुका साथै नेपाल राष्ट्रप्रति झनै जिम्मेवारी बोध भएको बताइन् । उनले विभागले खेलाडीलाई गरेको कदरप्रति पनि उच्च सम्मान रहेको बताएकी छिन् ।
पुष्पाले २६ पुसमा बंगलादेशमा भएको शेख मुजिव दक्षिण एसियाली ढाका म्याराथनमा भारतीय खेलाडीलाई पछि पार्दै उपाधि जितेकी थिइन् । पुष्षाले निर्धारित दुरी २ घन्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारेकी थिइन् ।
पुष्पाले १३औं दक्षिण एसियाली खेलकुद (साग) को म्याराथनतर्फ रजत विजेता खेलाडी हुन् । पुष्पाले गत मंसिरमा आयोजना भएको धारा नेपालगन्ज म्याराथनको हाफ म्याराथनमा स्वर्ण जितेकी थिइन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]