4 years ago
January 20, 2021
पोखरा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही पोखराको ज्ञानुबाबा माध्यमिक विद्यालयमा सम्मानित भएकी छन् ।
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा ‘टिम अफ दि इयर’ की कप्तान अरुणालाई अवार्डको अर्काे लोकप्रिय विधा पिपल्स च्वाइस विधामा विजेता बन्न सफल भएकोमा सम्मानित गरेको हो ।
गत पुस २८ गते भएको अवार्ड कार्यक्रममा अरुणाले करातेका मन्डेकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ, पौडीकी गौरिका सिंह र फुटबलकी सावित्रा भण्डारीलाई पछि पार्दै अवार्ड जितेकी थिइन् । अरुणाले कुल ३७.५२५ प्रतिशत मत पाएकी थिइन् ।
अरुणालाई नेपाल भलिवल टिमकी पूर्व उपकप्तान समेत रहेकी मञ्जु गुरुङले सम्मान गरिन् । अरुणाको सम्मानमा गुरुङले आफ्नो आमा भिमसुवा गुरुङलाई लिएर ज्ञानुबाबा पुगेकी थिइन् ।
अरुणालाई विद्यालयका प्राचार्य शुभकन्य गुरुङ, अध्यक्ष कृष्ण बहादुर गुरुङ, अक्षयकोष दाता कुमारी खड्गी, अभिभावक, शिक्षक र विद्यार्थीलगायतले सम्मानित गरेका थिए ।
महिला भलिवलमा ज्ञानुबाबाको उत्पादन रहेका मञ्जु र अरुणा दुवैले एनएसजेफ पिपल्स च्वाइस अवार्ड जितेका छन् । मञ्जुले २०६५ सालमा यो अवार्ड जितेकी थिइन् । महिला भलिबल खेलाडीको उत्पादनको थलाको रुपमा रहेको ज्ञानुबाबा पछिल्लो समय भलिबलमा सक्रिय रहेको छैन ।
विद्यालयले वोलाएर सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्दै अरुणाले आफू अझै भलिवल खेलमा प्रतिवद्ध भएर अघि बढ्ने बताइन । अरुणाको सम्मान कार्यक्रमपछि ज्ञानुबाबाले महिला भलिबल पुनः शुरु गर्ने बताएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]