4 years ago
January 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगिता ७ विदेशीसहित १२ निर्णायकले सञ्चालन गर्ने छन् ।
बाँकी ५ निर्णायक नेपाली रहेको प्रतियोगिता संयोजक एवं तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । नेपाली निर्णायकमा नोर्बु लामा, हीराबहादुर थापा, मिन न्यौपाने, अशोक खड्का र विक्रम खड्गी छन् ।
निर्णायकको भूमिका निर्वाह गर्ने विदेशी निर्णायकमा जोर्डनकी रोआ सलिम अब्बास म्याकन, बेल्जियमा अमिर इस्कान्दरी, इन्डोनेसियाका नुरजनाह र रहादेवी नेता, भेनेन्जुएलाका गोन्जालो रोजास लोबो, मेक्सिकोकी मारिया फर्नान्डा तथा ब्राजिलका आन्ड्रे डियोलिभेरा रहेका छन् ।
कोटेश्वर तेक्वान्दो डोजाङ, स्यूचाटार तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल, मोर्निङ ग्लोरी स्कुल र काभ्रेस्थली तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रतियोगिता माघ १३ र १४ गते कोटेश्वर तेक्वान्दो डोजाङबाट सञ्चालन गरिने छ ।
प्रतियोगिताको ‘मोस्ट पपुलर प्लेयर’ ले १ सय ५० अमेरिकी डलर तथा उत्कृष्ट पुरुष÷महिला खेलाडीले जनही १ सय अमेरिकी डलर नगद पुरस्कार पाउने छन् । प्रतियोगितामा २९ राष्ट्रका करिब १ हजार ३ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिता पुम्सेमा ६० र हाइ स्पिड किकमा ३० गरी ९० स्पर्धा समावेश छन् । हाइ स्पिड किकको प्रतियोगिता नेपालमै पहिलो पटक सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]