default_image

4 years ago

January 19, 2021

पोखरामा पुरुष तथा महिला भलिबल हुने

98 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – कास्की जिल्ला भलिबल संघको आयोजनामा पोखरामा ४ देखि ८ फागुनसम्म गण्डकी प्रदेश प्रथम मुख्यमन्त्री कप जिल्लास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

पोखरा रंगशालास्थित भलिबल खेल मैदानमा हुने प्रतियोगितामा प्रदेशका ११ वटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी महिलातर्फ ११ र पुरुषतर्फ ११ टिमको सहभागिता हुनेछ ।

संघले पोखरामा मंगलबार पत्रकार सम्मेलनमार्फत प्रदेशको सम्वन्धित जिल्लाबाट छनोट भएर आउने टोलीलाई प्रतियोगितामा सहभागी गराइने बताए । संघका अध्यक्ष भीम पराजुलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नवौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको टिमका लागि बन्द प्रशिक्षणमा राखिने बताएको छ ।

अन्तिम छनोटमा परेकाहरुलाई ३ महिना बन्द प्रशिक्षणमा राखिनेछ । सोही टिमले पोखरामै हुने आउँदो नवौं राष्ट्रिय खेलकुदका लागि यस प्रदेशबाट खेल्नेछ ।

महिला तथा पुरुष दुवैतर्फ विजेताले २ लाख, उपविजेताले १ लाख, तेस्रोले ५० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र पुरस्कार पाउने प्रतियोगिता संयोजक खगेन्द्र गौचनले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, लिवेरो र उत्कृष्ट सर्भरले ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

नेपाल भलिबल संघका सचिव डीबी नेपाललीले मुख्यमन्त्रीको नामसँग जोडिएको प्रतियोगितालाई गण्डकी प्रदेश सरकारले वार्षिक कार्यक्रममै समेटेकोले प्रदेश सरकारबाट पनि भरपूर सहयोग हुने दाबी गरे ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति निर्देशक कृष्ण तिमिल्सिनाले प्रतियोगिता मुख्यमन्त्री कप गर्नका लागि मात्र नभई नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रतिभा छनोट गर्न अवसर जुरेको बताए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.