4 years ago
January 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – युवा स्टार प्रिन्स दाहाल र दीपेश धामीले गोलबजारमा जारी योनेक्स सनराइज १० औं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
सिल्क ग्रुपका प्रिन्सले शनिबार राष्ट्रिय वरियताको शीर्षस्थानमा रहेका त्रिभुवन आर्मी क्लबका रत्नजित र दीपेशले पनि आर्मीकै प्रफुल महर्जनलाई हराउँदै फाइनल भेट पक्का गरेका हुन् ।
प्रतिस्पर्धात्मक सेमिफाइलमा प्रिन्सले रत्नजितलाई २१–१४, १५–२१, २१–१५ ले हराएका थिए । रत्नमाथि प्रिन्सको यो लगातार दोस्रो जित हो । लगातार आठ पटकका विजेता रत्नलाई प्रिन्सले पराजित गरेका हुन् ।
यस अघि पनि प्रिन्सले चौतारामा भएको सर्वाधिक राशीको प्रतियोगितामा पनि पराजित गरेका थिए । प्रिन्स शुक्रबार मात्रै विश्व जुनियर वरियताको तेस्रो स्थानमा उक्लेका थिए । दोस्रो वरियताका दीपेशले प्रफुललाई २१–१२, १८–२१, २१–१२ ले पराजित गरे ।
राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगपालिका, सिराहाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला १२ वरियताको स्पर्धामा जेसिका गुरुङ र रसिला महर्जनबीच उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
एपिएफकी जेसिकाले भोजपुरकी पूर्व राष्ट्रिय च्याम्पियन तथा नम्बर एक खेलाडी नङ्शल देवी तामाङलाई २१–१३, २१–१५ ले पराजित गरेकी थिइन् । नङ्शल रत्नजितकी दिदी हुन् । राष्ट्रिय च्याम्पियन आर्मीकी रसिलाले आफ्नै क्लबकी अमिता गिरीलाई २१–६, १८–२१, २१–१२ ले हराएकी थिइन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।