default_image

4 years ago

January 16, 2021

टिम रावत र भीएसलाई उपाधि

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टिम रावत र भीएस कलेज प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

टिम रावत ब्वाइज तथा भीएस गल्समा च्याम्पियन बनेका हुन् । घट्टेकुलोस्थित आयोजक सूर्योदय एजुकेसन फाउन्डनद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ब्वाइज फाइनलमा टिम रावतले साइपाल एकेडेमीलाई २०–१६ ले पराजित ग¥यो । भीएसले क्याम्पियनलाई १९–१२ ले हराउदै तेश्रो भयो ।

पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गरे । गल्र्सको उपाधि भिडन्तमा भीएसले सूर्योदय ‘बी’ लाई १९–१४ ले पन्छायो । साइपाल ‘बी’ तेश्रो बन्यो । साइपाल ‘बी’ ले सूर्योदय ‘ए’ लाई १४–१० ले पाखा लगायो ।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगद पुरस्कार पाए । ब्वाइजमा टिम रावतका सम्राट भूमि तथा गल्समा भीएसकी अनिता सुनुवार ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

ब्वाइजमा भीएसका राजीव आले तथा गल्समा सूर्योदय ‘ए’ की सम्झना शाही सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगिताभर राजीवले ५१ तथा सम्झनाले ३१ स्कोर गरे । चारैले जनही २ हजार नगद पुरस्कार हात पारे ।

विजेतालाई राष्ट्रिय पुरुष बास्केटबल टोलीका कप्तान सदीश प्रधान, राष्ट्रिय महिला बास्केटबल टोलीकी उप कप्तान प्रीति तुलाचन, आयोजक फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसी, टाइटल स्पोन्सर प्यासिफिक होस्पिटालिटी कुलिनरी एकेडेमी (पीएचसीए) का प्रबन्ध निर्देशक सुशिल थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सोही अवसरमा आयोजक सूर्योदयले सदीश प्रधान र प्रीतिलाई जनही नगद १० हजार रुपैया र दोसल्ला ओढाएर सम्मान गरेको थियो । अध्यक्ष केसी र प्रबन्ध निर्देशक थापाले दुवैलाई जनही १० हजार, दोसल्ला र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । तीनदिने प्रतियोगिताको ब्वाइज ३२ तथा गल्र्समा १६ गरी जम्मा ४८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.