default_image

4 years ago

January 16, 2021

अरुणालाई झन्डै ४ लाख हस्तान्तरण

135 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र कास्की जिल्ला भलिबल संघले अरुणा शाही जिताउ अभियानको आयव्यय सार्वजनिक गर्दै बचत भएको रकम अरुणालाई हस्तान्तरण गरेको छ ।

नेपाल भलिवल संघका सल्लाहकार एवम् पोखरा महानगरपालिकाका वरिष्ठ कानुनी अधिकृत नारायण प्रसाद शर्माले अभियानबाट कुल १६ लाख ७३ हजार ७ सय पाँच रुपैयाँ संकलन भएको र बचत भएको ३ लाख ७३ हजार ७ सय ५ रुपैयाँ अरुणालाई हस्तान्तरण गरे ।

पोखरा रंगशालामा दुई दिन भएको भलिबल प्रतियोगितामा टिकट बिक्रिबाट २ लाख ५३ हजार गरी कुल १६ लाख ७३ हजार ७ सय पाँच रुपैयाँ संकलन हुदा इसेवा भोटिङमा १० लाख, भलिवल खेल व्यवस्थापनमा २ लाख ७० हजार र अन्य खर्च गरि कुल १३ लाख खर्च भएको र ८१ हजार ७ सय ५ रुपैयाँ संकलन हुन बाँकी रहेको बताए ।

यस्तै गण्डकी प्रदेश सरकारले कप्तान अरुणालाई पोखरामा एक कार्यक्रमकाबीच प्रोत्साहान स्वरुप नगद १ लाख रुपैयाँ प्रदान गरेको छ । अरुणालाई गण्डकी प्रदेश सामाजिक बिकास मन्त्री नरदेवी पुनले १ लाख रुपैयाको चेक हस्तान्तरण गरिन् ।

अरुणा नेपाल खेलकुद पत्रकार मञ्चद्धारा आयोजित पल्सर स्पोर्ट्स अवार्ड अन्तरगत पिपल्स च्वाइस विधाको विजेता बन्न सफल भएकी थिइन् । यस्तै उनकै कप्तानीमा रहेको नेपाली महिला राष्ट्रिय टोली ‘टिम अफ दि इयर’ घोषणा भएको थियो ।

पुस २८ गते भएको अवार्ड कार्यक्रममा कप्तान अरुणाले करातेका मण्डेकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ, पौडीकी गौरिका सिंह र फुटबलकी सावित्रा भण्डारीलाई उछिन्दै अवार्ड जितेकी हुन् ।

अरुणाले ३७.५२५ प्रतिशत मत प्राप्त गर्दा मन्डेकाजी श्रेष्ठ २८.४५७ प्रतिशत मतसहित दोस्रो स्थानमा रहे । तेस्रो स्थानमा रहेकी सदिनाले १३.४९९ प्रतिशत, चोथोमा गौरिका १३.३०९ प्रतिशत तथा पाँचौमा रहेकी सावित्राले ७.२१८ प्रतिशत मत पाइन् ।

अरुणाले पल्सर स्पोर्टस अवार्ड जस्तो गरिमा बोकेको अवार्ड जिताउन सबैले खेलेको भूमिका र सद्भावका लागि आभार व्यक्त गर्दै यो जित आफ्नो मात्रै नभई सबै भलिवल खेलप्रेमीको रहेको बताइन् ।

पश्चिमाञ्चलभलिबल संघका अध्यक्ष छ्याम बहादुर थापा, डिवी नेपाली, कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुली लगायतले अभियान सफल पार्न देश विदेशवाट सहयोग गर्ने सवैमा आभार व्यक्त गरे ।

तस्बिरहरु– सुदर्शन रञ्जित

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.